जुवाको खालबाट नगदसहित ९ जना पक्राउ

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ १८, सोमबार १०:२१
जुवाको खालबाट नगदसहित ९ जना पक्राउ

काठमाडौं । कैलालीको गौरीगंगाबाट जुवाको खालबाट नगदसहित ९ जनालाई प्रहरीले पक्राउ
गरेको छ ।

गौरीगंगा नगरपालिका–४ राजीपुरमा जुवा तास खेलिरहेका ९ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार विशेष सूचनाको आधारमा राजीपुरको बझाङ्गी टोलका जगत धामीको दुई तले पक्की घरमा छापा हानेको थियो ।

Advertisement

सो क्रममा प्रहरीले घरको माथिल्लो तलाको बैठक कोठामा जुवा तास खेलिरहेको अवस्थामा एक लाख ७९ हजार २० रुपैयाँ नगद, चार गड्डी तास र आठ थान मोबाइल बरामद गर्दै उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा घरधनी ४८ वर्षीय जगत धामी, स्थानीय २९ वर्षीय कृष्ण गुरु धामी, ३७ वर्षीय खेमराज पोखरेल, ३५ वर्षीय शंकर धामी, ३० वर्षीय गोपाल साउद, छन् ।

यस्तै गौरीगंगा–१ का ३४ वर्षीय प्रकाश भुल, चुरे गाउँपालिका–१ का ४४ वर्षीय जयबहादुर बोहरा, धनगढी उपमहानगरपालिका–३ का ६६ वर्षीय तेजबहादुर बोगटी र बैतडीको पुर्चौंडी नगरपालिका–८ का ५० वर्षीय कालु सिंह धामीलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.