
वीरगन्ज । लिखत सम्बन्धी कसुरमा वीरगन्जका मेयर राजेशमान सिंह पक्राउ परेका छन् । जिल्ला अदालत पर्साबाट पक्राउ पुर्जी जारी भएको ८ दिन पछि पर्सा प्रहरीले मेयर राजेशमान सिंहलाई पक्राउ गरेको हो ।
पर्साको ठोरी एरियामा बस्दै गरेको अवस्थामा सिंहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख सुदिपराज पाठकले बताए । उनका अनुसार पक्राउ पुर्जी जारी भएपछि मेयर एकदिन अदालत पुगेर त्यसपछि फरार भएका थिए । जेठ १२ गते जिल्ला अदालत पर्साले लिखत सम्बन्धी कसुरमा पक्राउ गर्न मेयर सिंहविरूद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
पक्राउ परेका मेयर सिंहमाथि सोधपुछ भइरहेको पर्सा प्रहरीले जानकारी दिएको छ ।

























