सासू बुहारी लागुऔषध ब्राउन सुगरसहित पक्राउ 

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ७, आइतबार ०९:४१
सासू बुहारी लागुऔषध ब्राउन सुगरसहित पक्राउ 

विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिका–१७ पकलीबाट सासू र बुहारीलाई ठुलो परिणाममा लागुऔषध ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको छ।

स्थानीय ७० वर्षीया सरातुन खातुन र उनकी २० वर्षीया बुहारी सेविका सरदारलाई ब्राउन सुगरसहित पक्राउ गरेको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काले जानकारी दिए ।
उनका अनुसार खातुनको घरमा लागुऔषधको कारोबार भइरहेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय पकलीको टोलीले उनको घरमा छापा मारेको थियो ।

Advertisement

जाँच तथा खानतलासीका क्रममा खातुनले बोकेको कपडाको झोलाभित्र लुकाएर राखेको लागुऔषध फेला परेको हो । झोलाभित्र २१.५० ग्राम ब्राउन सुगर बरामद गरिएको हो । लागुऔषधसहित सासू बुहारीलाई इलाका प्रहरी कार्यालय पकलीमा राखेर थप अनुसन्धान तथा कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.