विराटनगरमा मेट्रो न्युरो ट्रमा एन्ड मल्टिस्पेसियालिटी हस्पिटल सञ्चालनमा

Share this
790shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार १३, शनिबार १९:०९
विराटनगरमा मेट्रो न्युरो ट्रमा एन्ड मल्टिस्पेसियालिटी हस्पिटल सञ्चालनमा

विराटनगर । विराटनगरमा ‘मेट्रो न्युरो ट्रमा एन्ड मल्टिस्पेसियालिटी हस्पिटल’ सञ्चालनमा आएको छ ।विराटनगर–९ हस्पिटल चोकमा सञ्चालनमा रहँदै आएको ‘मकालु हस्पिटल’को नाम र व्यवस्थापकीय परिवर्तन गर्दै नयाँ हस्पिटल ‘मेट्रो न्युरो ट्रमा एन्ड मल्टिस्पेसियालिटी हस्पिटल’ सञ्चालनमा आएको हो ।

हस्पिटलका उपाध्यक्ष गोविन्द लुइँटेलले चर्चित र वरिष्ठ चिकित्सकसहितको टोलीले हस्पिटल सञ्चालनमा ल्याएको बताए । उनले ०७६ सालमा सेवा दिँदै आएको ‘मकालु हस्पिटल’ को नयाँ नामसहित व्यवस्थापकका साथै चिकित्सकहरू भित्र्याएको प्रस्टाए ।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. ज्ञानेन्द्र गिरी, यौन, छाला तथा सौन्दर्य विशेषज्ञ वरिष्ठ डा. अभिनारायण घिमिरे, नशा तथा हाडजोर्नीका डा. प्रदीपकुमार गुप्तासहितको नयाँ चिकित्सक टोलीले मेट्रो न्युरो ट्रमा एन्ड मल्टिस्पेसियालिटी हस्पिटलमा सेवा दिने लुइँटेलले बताए ।

यसअघि हस्पिटलमा डा. यज्ञराज खरेल, डा. दिनेश न्यौपाने, डा. धिरज ठाकुर, डा. सञ्जीव मण्डल, डा. उत्तम देवलगायतका चिकित्सकहरूले स्वास्थ्य सेवा दिँदै आएका थिए ।

नयाँ व्यवस्थापनका साथ सुरु भएको अस्पतालले जनहितका लागि सोमबार आधारभूत ल्याब जाँच निःशुल्क गरेको हस्पिटल प्रशासनले जनाएको छ । हामी स्वास्थ्य क्षेत्रमा महत्त्वपूर्ण योगदान गर्न र सबै प्रकारका बिरामीलाई एकै थलोमा उपचार गराउने उद्देश्यका साथ एकत्रित भएका छौँ, उपाध्यक्ष लुइँटेलले भने, ‘हाम्रो टोलीले स्वास्थ्य क्षेत्रमा धेरै काम गर्ने सोच बनाएको छ ।’

विराटनगर ‘हेल्थ हब’ का रूपमा विकास भइरहेको बेला गुणस्तरीय स्वास्थ्य सेवा दिने उद्देश्य राखेर हस्पिटल सञ्चालनमा ल्याएको अध्यक्ष डा. ज्ञानेन्द्र गिरीले बताए ।

तपाइको प्रतिक्रिया
कांग्रेसको आगामी दशकका लागि थापाले अघि सारे ‘पुनर्जागरण र समुन्नति’को खाका
जेनजी आन्दोलनका मुद्दा फिर्ता लिन मिल्छ ? समितिले दियो यस्तो राय
दसैँका लागि डोल्पाबाट भेडाच्याङ्ग्रा ल्याउन थालियो
वैकल्पिक मार्गमा तस्करी रोक्न झापा प्रशासनको निगरानी, १५ दिनमा सुरक्षा प्रतिवेदन बुझाउनुपर्ने
जितिया मनाउन गएका दुई किशोरीको डुबेर मृत्यु
सभापतिमा उठ्न ४० हजार र केन्द्रीय सदस्यमा ११ हजार शुल्क
इनरुवामा काउली बोकेको ट्रकबाट अन्दाजी २ हजार ४९० किलो गाँजा बरामद
पहाडी क्षेत्रमा वर्षा र हिमाली भेगमा हिमपातको सम्भावना
कांग्रेसको १५ औं महाधिवेशन : बन्दसत्र सुरु हुँदै
बदलिएको कांग्रेसले देश पनि बदल्छ: गगन थापा
सत्तामुखी राजनीतिदेखि पार्टी सुधारसम्म : गगनको प्रतिवेदनमा कांग्रेसको आत्मस्वीकारोक्ति (पूर्णपाठ)
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×