अत्यधिक सुरक्षा जोखिम, बाबुको अन्त्येष्टिमा नजान सुझाव

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार १९, शुक्रबार ०६:५७

एजेन्सी । इरानका वर्तमान सर्वोच्च नेता मोज्तबा खामेनी आफ्ना पिता तथा पूर्वसर्वोच्च नेता अयातोल्लाह अली खामेनीको अन्त्येष्टि समारोहमा सहभागी नहुने भएका छन् ।

सुरक्षा जोखिम अत्यधिक रहेको निष्कर्षपछि उनलाई अन्त्येष्टिमा उपस्थित नहुन सल्लाह दिइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । बीबीसीका अनुसार मोज्तबा खामेनीका प्रतिनिधिले सुरक्षालाई पहिलो प्राथमिकता दिँदै उनी सार्वजनिक रूपमा अन्त्येष्टि समारोहमा सहभागी नहुने जानकारी दिएका हुन् ।

इजरायलबाट सम्भावित आक्रमण हुन सक्ने आकलनका आधारमा सुरक्षा निकायले उनलाई समारोहमा नजान सुझाव दिएको बताइएको छ । यद्यपि, मोज्तबा खामेनीको अनुपस्थितिका बारेमा इरानी अधिकारीहरूले औपचारिक रूपमा विस्तृत विवरण सार्वजनिक गरेका छैनन् ।

इरानका तत्कालीन सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले संयुक्त रूपमा गरेको हवाई आक्रमणमा मृत्यु भएको थियो । त्यसको केही महिनापछि अहिले उनको अन्त्येष्टि कार्यक्रम तय गरिएको हो ।

बीबीसी फारसीका अनुसार अन्त्येष्टि कार्यक्रम जुलाई ४ देखि ८ सम्म तेहरान, कोम र मसहदमा सञ्चालन हुनेछ । यस अवधिमा इराकका बगदाद, काजमिन, करबला र नजफमा पनि शोकसभा आयोजना गरिने कार्यक्रम छ । अन्तिम धार्मिक विधिपछि अयातोल्लाह अली खामेनीको शव जुलाई ९ मा मसहदमा दफन गरिने (जमिनमा गाडिने) जनाइएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.