धरान घर भएका दिनेश भट्टराई इटहरीबाट पक्राउ

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार १९, शुक्रबार ०७:५७

विराटनगर । सुनसरीको धरान घर भएका एक जना इटहरीबाट पक्राउ परेका छन् । धरान उपमहानगरपालिका–११ का ४१ वर्षीय दिनेश भट्टराई पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार भट्टराई इटहरी उपमहानगरपालिका–४ मा डेरा गरेर बस्दै आएको खुलेको छ । भट्टराईको इटहरीस्थित कोठामा लागुऔषधको कारोबार भइरहेको विशेष सूचनाका आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय इटहरीको संयुक्त टोलीले बिहीबार दिउँसो ३ बजेतिर छापा हानेको थियो ।

छापा हान्ने क्रममा प्रहरीले भट्टराईको कोठा खानतलासी गर्दा ४.०२ ग्राम लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर) र ११ हजार ९ सय रूपैयाँ नगद बरामद गरेको छ । लागुऔषध र रकमसहित उनलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका भट्टराईविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउनका लागि इटहरी प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
सीमावर्ती क्षेत्रमा बढ्दो चुनौतीबीच मोरङमा सशस्त्र र सीमावासीबीच संवाद
इटहरीका व्यवसायीको साझा माग: ‘‘व्यवसायमैत्री नीति र लगानीको सुरक्षा’
इटहरीका व्यवसायीको साझा माग: ‘व्यवसायमैत्री नीति र लगानीको सुरक्षा’
 राष्ट्रिय सभाको बैठकमा विभिन्न मन्त्रालयको बजेट र विनियोजन विधेयकमाथि छलफल हुने
राष्ट्रिय सभाको बैठकमा विभिन्न मन्त्रालयको बजेट र विनियोजन विधेयकमाथि छलफल हुने
भारतीय सवारी चालकसँग अवैध रकम असुल्ने ३ जना पक्राउ
दोहोरो नागरिकता र राहदानीमा पक्राउ
धरान घर भएका दिनेश भट्टराई इटहरीबाट पक्राउ
उदयपुरमा ट्रक र मोटरसाइकल ठोक्किएर दुर्घटना, महिलाको मृत्यु
भूकम्पको भग्नावशेषबाट ८ दिनपछि जीवितै उद्धार
इन्जुरी समयमा रामोस चम्किँदा क्रोएसियामाथि पोर्चुगलको रोमाञ्चक जित
अत्यधिक सुरक्षा जोखिम, बाबुको अन्त्येष्टिमा नजान सुझाव
यस्तो छ विदेशी मुद्राको विनिमय दर
विदेशी मुद्राको विनिमयदर, कुन देशको कति ?
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.