सप्तकोशीमा तैरिरहेको ३ सय ८ किलो गाँजा बरामद

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार २५, बिहीबार १०:४४

इनरुवा । सप्तकोशी नदीमा तैरिरहेको ठूलो परिमाणको गाँजा प्रहरीले बरामद गरेको छ । सुनसरी प्रहरीले बिहीबार बिहानका राति ३ सय ८ किलो किलो गाँजा बरामद गरेको हो ।

कोशी गाउँपालिका–७ केराबारी र भण्टाबारीबीचको सप्तकोशी नदीको बाँधको किनारनजिक ३ सय ८ किलो फेला परेको सुनसरी प्रहरीका सूचना अधिकारी, डीएसपी चन्द्रबहादुर खड्काले बताए । उनका अनुसार जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय भण्टाबारीबाट खटिएको संयुक्त टोलीले बिहानका राति १ः३० बजेतिर गाँजा बरामद गरेको हो ।

प्रहरीले गस्ती गर्दै जाने क्रममा नदीको किनार छेउमा पानीमा तैरिरहेको वस्थामा ८ वटा कालो प्लास्टिकले बेरिएको शंकास्पद पोकाहरु फेला पारेको थियो । उक्त पोका खोलेर हेर्दा भित्र गाँजा रहेको पत्ता लाग्यो ।

डीएसपी खड्काका अनुसार गाँजा बरामद गरेर जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको छ । सप्तकोशी नदीबाट गाँजा भारततर्फ लैजान खोजिएको हुनसक्ने सुनसरी प्रहरी प्रमुख एसपी केशवकुमार थेवेले बताए ।

उनका अनुसार गाँजा कसले र कहाँ लैजान खोजेको भन्ने यकिन भइसकेको छैन । तर, भारततर्फ कटाउने योजना हुनसक्ने प्रहरीको अनुमान छ । ओसारपसारमा संलग्नको खोजी तीव्र पारेर विस्तृत अनुसन्धान अघि बढाइएको एसपी थेवेले बताए ।

तपाइको प्रतिक्रिया
सभामुखलाई विशेषाधिकार प्रयोग गर्न सुझाव
सत्य बोल्ने प्रहरी अधिकृतमाथि नै कारबाहीको डण्डा ?
सहकारी बचतकर्ताको पीडा कम हुँदै, तीन महिनामा साढे ४ करोड फिर्ता
वैदेशिक रोजगारीको प्रलोभनमा ३९ लाख ठगी गर्ने दुई युवक पक्राउ
बालमन्दिर जग्गा प्रकरण : तीन पूर्वपदाधिकारी पक्राउ
संविधान संशोधन कार्यदलबाट धमाधम दलहरुको बहिर्गमन
कांग्रेसका संसदीय पदाधिकारी सर्वोच्चमा, प्रतिनिधिसभा नियमावलीका प्रावधानविरुद्ध रिट
सभामुखको आग्रहपछि पनि संसदमा जारी रह्यो विपक्षीको विरोध
सिलाई–कटाई तालिम सम्पन्न, थप उन्नत प्रशिक्षण र मेसिनको माग
लुम्बिनीको रंगेली शाखाले मनायो १९औँ वार्षिकोत्सव
माइखोलामा सडक भासिँदा पूर्वी पहाड–तराई सम्पर्क विच्छेद
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.