सीमामा अब सादा टोली

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण ८, शुक्रबार १८:१६

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनका लागि अब आफूभन्दा पनि सादा पोसाकमा खटिने विशेष टास्क फोर्स परिचालन गरिने बताएका छन् ।

राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले सीमा नाकाको अनुगमनलाई प्रभावकारी बनाउन ‘मिनिस्ट्रियल स्पेशल टास्क फोर्स’ गठन गर्ने तयारी भइरहेको जानकारी दिए । उनले गृहमन्त्री स्वयं सीमा क्षेत्रमा पुग्दा सुरक्षा घेरा र भिडभाडका कारण वास्तविक अवस्था बुझ्न कठिन हुने तथा त्यसलाई कतिपयले ‘स्टन्ट’का रूपमा टिप्पणी गर्ने गरेको उल्लेख गरे । त्यसैले अब सादा पोसाकमा खटिने टोलीले जनताको समस्या बुझ्ने र नियमित अनुगमन गर्ने उनको भनाइ छ ।

Advertisement

गुरुङले मधेश, कर्णाली र सुदूरपश्चिमलाई गृह मन्त्रालयको विशेष प्राथमिकतामा राखिएको पनि बताए । ती क्षेत्रमा लामो समयदेखि जनताको पीडा र अभावलाई राजनीतिक विषय बनाइएको उल्लेख गर्दै अब त्यसको अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको उनले बताए ।

उनले ती प्रदेशका नागरिकले राज्यबाट अपेक्षित उपलब्धि महसुस गर्न नसकेको स्वीकार गर्दै सुरक्षा, सेवा प्रवाह र विकासका विषयमा विशेष ध्यान दिइने बताए । कुनै कमजोरी देखिए सुधार गर्दै अघि बढ्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।

तपाइको प्रतिक्रिया
विद्यार्थीमाथि प्रहरीको बल प्रयोग, सर्वोच्च अदालतमा सुनुवाइको तयारी
राष्ट्रिय माध्यमिक विद्यालयमा होटेल म्यानेजमेन्ट र ब्युटिसियनको पढाइ सुरु 
राष्ट्रिय माध्यमिक विद्यालयमा होटेल म्यानेजमेन्ट र ब्युटिसियनको पढाइ सुरु 
स्क्यामिङ जालोबाट ८६० नेपाली स्वदेश फर्काइए, कम्बोडियाको जेलमा अझै ४९ नागरिक
राजदूत नियुक्तिमा ढिलाइ, पुरानैलाई थप जिम्मेवारी
पहिरोले जिप पुरिँदा १३ जनाको मृत्यु
भारत पुगे प्रधानमन्त्रीका प्रमुख सल्लाहकार, परराष्ट्र मन्त्रालयले भन्यो, ‘औपचारिक जानकारी छैन’
सीमामा शरणार्थी चुनौती
सीमामा अब सादा टोली
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा, सभामुखले सम्हाल्नेछन् कार्यभार
अनैतिक गतिविधिमा संलग्न ४७ विदेशी महिला नेपालबाट निष्कासित
अनैतिक गतिविधिमा संलग्न ४७ विदेशी महिला नेपालबाट निष्कासित
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×