पहिरोले जिप पुरिँदा १३ जनाको मृत्यु

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण ८, शुक्रबार १९:२२

एजेन्सी । भारतको हिमाचल प्रदेशमा शुक्रबार पहिरोमा जिप पुरिँदा १३ जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।

लाहौल–स्पिती र पांगी क्षेत्र जोड्ने उदयपुर–किलाड सडकअन्तर्गत कडु नाला नजिकै कुल्लुबाट पांगीतर्फ जाँदै गरेको टाटा सुमोमाथि अचानक पहिरोसँगै ठूलो ढुंगा खसेपछि दुर्घटना भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । दुर्घटनामा १३ जनाको घटनास्थलमै मृत्यु भएको लाहौल–स्पितीकी प्रहरी अधिकृत शिवानी मेहलाले पुष्टि गरेकी छन् । घाइते दुई जनाको उपचार भइरहेको छ ।

Advertisement

घटनाप्रति हिमाचल प्रदेशका मुख्यमन्त्री सुखविन्दर सिंह सुक्खुले गहिरो दुःख व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत शोक सन्देश जारी गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् भने शोकाकुल परिवारप्रति समवेदना प्रकट गरेका छन् ।

मुख्यमन्त्री सुक्खुले प्रियजन गुमाउनुको पीडा शब्दमा व्यक्त गर्न नसकिने उल्लेख गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेका छन् । साथै, उनले घाइतेहरूको उपचारमा कुनै कमी हुन नदिन लाहौल–स्पितीका स्थानीय प्रशासन र सम्बन्धित अधिकारीहरूलाई तत्काल आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।

मनसुन सक्रिय भएसँगै हिमाचल प्रदेशका विभिन्न पहाडी क्षेत्रमा लगातार पहिरो खस्ने क्रम बढिरहेको छ । सडक यात्रा जोखिमपूर्ण बन्दै गएको अवस्थामा प्रशासनले अत्यावश्यकबाहेक पहाडी मार्गमा यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गर्दै आएको छ ।

तपाइको प्रतिक्रिया
विद्यार्थीमाथि प्रहरीको बल प्रयोग, सर्वोच्च अदालतमा सुनुवाइको तयारी
राष्ट्रिय माध्यमिक विद्यालयमा होटेल म्यानेजमेन्ट र ब्युटिसियनको पढाइ सुरु 
राष्ट्रिय माध्यमिक विद्यालयमा होटेल म्यानेजमेन्ट र ब्युटिसियनको पढाइ सुरु 
स्क्यामिङ जालोबाट ८६० नेपाली स्वदेश फर्काइए, कम्बोडियाको जेलमा अझै ४९ नागरिक
राजदूत नियुक्तिमा ढिलाइ, पुरानैलाई थप जिम्मेवारी
पहिरोले जिप पुरिँदा १३ जनाको मृत्यु
भारत पुगे प्रधानमन्त्रीका प्रमुख सल्लाहकार, परराष्ट्र मन्त्रालयले भन्यो, ‘औपचारिक जानकारी छैन’
सीमामा शरणार्थी चुनौती
सीमामा अब सादा टोली
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा, सभामुखले सम्हाल्नेछन् कार्यभार
अनैतिक गतिविधिमा संलग्न ४७ विदेशी महिला नेपालबाट निष्कासित
अनैतिक गतिविधिमा संलग्न ४७ विदेशी महिला नेपालबाट निष्कासित
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×