ट्रकको ठक्करबाट बालकसहित ३ जनाको मृत्यु 

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १३, बुधबार १०:४९
ट्रकको ठक्करबाट बालकसहित ३ जनाको मृत्यु 

कपिलवस्तु । कपिलवस्तुको तौलिहवा–बहादुरगन्ज सडकखण्डअन्तर्गत महाराजगन्ज नगरपालिका–२, गैडहवा चोक नजिकै ट्रकले किच्दा बालकसहित तीन जनाको मृत्यु भएको छ ।

बहादुरगन्जबाट तौलिहवातर्फ जाँदै गरेको ना २ ख २३६४ नम्बरको मदिरा लोड गरिएको ट्रकले बुधबार बिहान सवा सात बजेतिर पैदल यात्री र साइकल यात्रीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार तीव्र गतिमा रहेको ट्रकको ठक्करबाट महाराजगन्ज नगरपालिकाका तीनै जनाको ज्यान गएको हो ।

Advertisement

मृत्यु हुनेहरूमा स्थानीय १२ वर्षीय आनन्द कश्यप, महाराजगन्ज नगरपालिका–३ का ७५ वर्षीय भोलई कुर्मी र ४५ वर्षीय विजयकुमार गुप्ता रहेको प्रहरीले जनाएको छ । दुर्घटना लगत्तै गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि कपिलवस्तु अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । हाल उनीहरूको शव अस्पतालमै राखिएको छ ।

दुर्घटनापछि आक्रोशित स्थानीयवासीले दोषीलाई कारबाही र उचित क्षतिपूर्तिको माग गर्दै सडक अवरुद्ध गरेका छन् । स्थिति नियन्त्रणमा लिन र थप तनाव हुन नदिन घटनास्थलमा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
सुनसरी घटनाका बारेमा सर्वदलीय अपिल जारी (पूर्णपाठसहित)
देवानगन्ज झडप : दुई जना घाइतेको अवस्था गम्भीर, कम्तीमा २० घरमा क्षति
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई अस्पताल भर्ना, स्वास्थ्य अवस्था सुधारोन्मुख
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई अस्पताल भर्ना, स्वास्थ्य अवस्था सुधारोन्मुख
सुनको मूल्य सामान्य घट्यो 
सुनको मूल्य सामान्य घट्यो 
सुनसरी घटनापछि कोशीमा सर्वदलीय पहल, मुख्यमन्त्री कार्कीले बोलाए बैठक
ट्रकको ठक्करबाट बालकसहित ३ जनाको मृत्यु 
ट्रकको ठक्करबाट बालकसहित ३ जनाको मृत्यु 
बढ्दो तनावबीच इटहरीमा ‘सद्भाव र्याली’ : १० स्थानीय तहमा कर्फ्यु कायमै
देवानगन्ज घटनामा सरकारको बेवास्ता : प्रधानमन्त्री र गृहमन्त्रीको भूमिका विवादित, सर्वत्र विरोध
मेचीनगरमा फ्रिज सर्ट भई आगलागी 
मेचीनगरमा फ्रिज सर्ट भई आगलागी 
बिर्तामोडमा चोरी गर्दै गर्दा एक जना पक्राउ
बिर्तामोडमा चोरी गर्दै गर्दा एक जना पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×