मेरो सपना… मेरो सपना

मुलुकी खबर
अनुष्मा रिमाल
clock२०८३ श्रावण १६, शनिबार १४:१९
मेरो सपना... मेरो सपना

छ मेरो धेरै सपना

डाक्टर बन्ने छु म

Advertisement

राम्रोसँग गर्छु म उपचार ।

बनाउने छु म ठुलो अस्पताल

पैसा नलिई दिन्छु म सेवामा उपहार ।

दुःखी मानिससँग

पैसा कहाँ हुन्छ त उनीहरूसँग ।

आँखा नदेख्ने, कान नसुन्ने,

हुन्छन् कति मानिस ।

गर्दा सेवा र सहयोग,

पाइन्छ उनीहरूबाट आशिष् ।

भविष्यमा बन्ने मेरो एउटा सपना

मनमा छ समाजसेवी बन्ने भावना ।

(लेखक:  नवोदय शिशु सदनकाे कक्षा-५  मा अध्ययनरत)

 

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.