सबैकी प्यारी ‘लियाना’

मुलुकी खबर
लियाना कोइराला 
clock२०८३ श्रावण १६, शनिबार १५:४८

लियाना हो मेरो नाम
पढ्ने लेख्ने मेरो काम
सफा हुन्छु म सधैँ
बस्छु मिलीजुली सँगै

खैरो छ मेरो आँखा
गाउँछु हाली मिठो भाका
म छु ज्ञानी र असल
कहिलेकहीँ जान्छु पसल

Advertisement

कपाल मेरो लामो छ
मिठो मेरो हाँसो छ
खुसी हुन्छु आए पर्व
आमाबुवा प्रति गर्छु गर्व

म छु बुद्धिमानी
म छु सानी नानी
सबैले माया गर्छन् मलाई
म पनि गर्छु माया सबैलाई

(लेखक:  नवोदय शिशु सदनकाे कक्षा-५  मा अध्ययनरत, हेटौँडा)

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.