नारायणगढ–मुग्लिन सडकको नाम्सी पुलमा ढुंगा खस्दा यातायात एकतर्फी 

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १८, सोमबार ०९:०८
नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको नाम्सी नयाँ पुल

चितवन । नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत चितवनको नाम्सी नयाँ पुलमा सोमबार (आज) बिहान ढुंगा खस्दा यातायात सेवा प्रभावित भएको छ । सडकमा ठुला ढुंगासहितको पहिरो खसेपछि अहिले सो क्षेत्रमा सवारी साधनहरू एकतर्फी मात्र सञ्चालन भइरहेका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार सडक अवरुद्ध भए लगत्तै पहिरो पन्छाउने काम सुरु गरिएको छ । अहिले एकतर्फी रूपमा सवारीसाधन सुचारु भएको छ । यदि माथिबाट थप ढुंगा झरेन भने केही समयभित्रै पहिरो पन्छाएर बाटो पूर्ण रूपमा खुलाउने प्रयास भइरहेको ट्राफिक प्रहरीले जनाएको छ ।

Advertisement

यो सडक खण्ड भौगोलिक रूपमा जोखिमपूर्ण रहेको र वर्षा नहुँदा पनि सुख्खा पहिरो तथा ढुंगा खस्ने समस्या रहेकाले यात्रा गर्दा विशेष सावधानी अपनाउन प्रहरीले चालक तथा यात्रुहरूलाई आग्रह गरेको छ । अहिले बाटो एकतर्फी मात्र खुलेका कारण सो क्षेत्रमा सवारी साधनको केही चाप बढेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.