
विराटनगर । सिरहाको लहानबाट पेस्तोलसहित प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । लहान नगरपालिका–२२ सलोखरीबाट म्यागेजिनसहितको पेस्तोल बरामद गर्दै तीन जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार प्रहरी चौकी सितापुरको गस्ती टोलीले शंकास्पद रूपमा हिँडिरहेका सबरजीत दासलाई चेक गर्दा उनको साथबाट ९ एमएम जस्तो देखिने म्यागेजिनसहितको पुरानो पेस्तोल बरामद गरेको छ।
घटनामा संलग्न रहेको आरोपमा गुरुदेव दास र संजय दासलाई समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय लहानमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



















