कानुन मन्त्रालयको कार्यसम्पादन चुस्त बनाउने पहल

Share this
687shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २०, बुधबार ११:२४

काठमाडौं । कार्यसम्पादन चुस्त र प्रभावकारी बनाउन कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले आफ्नो नयाँ सङ्गठन संरचना र दरबन्दी अनुसार १०५ जना कर्मचारी कायम गरेको विवरण सार्वजनिक गरेको छ ।

त्यसका लागि विभिन्न सेवा, समूह र श्रेणीका गरी कुल १०५ जना कर्मचारीको दरबन्दी सुनिश्चित गरिएको मन्त्रालयका सूचना अधिकारी (उपसचिव) भुमिश्वर खनालले जानकारी दिए ।

Advertisement

स्वीकृत दरबन्दी अनुसार मन्त्रालयको प्रशासनिक नेतृत्वका लागि न्याय सेवातर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीका १ जना सचिव, नीतिगत र व्यवस्थापकीय तहमा राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) ६ जना र राजपत्राङ्कित द्वितीय श्रेणी (उपसचिव) का १६ जना कर्मचारीको दरबन्दी छ । यी सबै पद न्याय र कानुन समूहका कर्मचारीबाट पूर्ति गरिनेछन् ।

मन्त्रालयको दैनिक कार्यसम्पादन र शाखागत जिम्मेवारीका लागि राजपत्राङ्कित तृतीय श्रेणी (शाखा अधिकृत) २५ जनाको दरबन्दी कायम गरिएको छ । जसमा न्याय-कानुन समूहका २३, प्रशासन-सामान्य प्रशासन समूहका १ र लेखा समूहका १ लेखा अधिकृत छन् ।

नायब सुब्बा तहका २३ कर्मचारीको दरबन्दी स्वीकृत भएको छ । जसमा न्याय समूहका १०, लेखा समूहका २, पुस्तकालय विज्ञानका १, इन्जिनियरिङतर्फका १, कम्प्युटर अपरेटर ५ र सामान्य प्रशासन समूहका ४ जना छन् ।

रापअनङ्कित द्वितीय श्रेणी (खरिदार) तर्फ न्याय समूहका ७ जनाको दरबन्दी छ । मन्त्रालयको प्राविधिक र कार्यालय व्यवस्थापन सहायताका लागि श्रेणीविहीन तहका ९ जना हलुका सवारी चालक र सामान्य प्रशासन समूहका १८ जना कार्यालय सहयोगी रहनेछन् ।

तपाइको प्रतिक्रिया
मोरङ–६ कांग्रेस अधिवेशन स्थलमा झडप, मनोनयन प्रक्रिया प्रभावित
मोरङ कांग्रेसद्वारा क्षेत्रीय अधिवेशनमा भएको झडपको भर्त्सना, निष्पक्ष छानबिनको माग 
विकास निर्माणका समस्या समाधान गर्न कानुन संशोधनको तयारी
प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १६ अर्ब १५ करोड
व्यवसायीका समस्या र सार्वजनिक–निजी साझेदारीमा जोड: अध्यक्ष श्रेष्ठ
व्यवसायीका समस्या र सार्वजनिक–निजी साझेदारीमा जोड: अध्यक्ष श्रेष्ठ
बाढीपछि सम्पर्कविहीन न्यौपाने दम्पतीको अन्त्येष्टि गर्दै परिवार
बाढीपछि सम्पर्कविहीन न्यौपाने दम्पतीको अन्त्येष्टि गर्दै परिवार
सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण गर्न कानुनी सुधार हुँदै
सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण गर्न कानुनी सुधार हुँदै
भुटानी शरणार्थीका सन्तानलाई अमेरिका जाने अनुमति दिन सर्वोच्चको परमादेश
भुटानी शरणार्थीका सन्तानलाई अमेरिका जाने अनुमति दिन सर्वोच्चको परमादेश
लायन्स क्लब विराटनगर रेन्बोको स्थापना दिवसमा सामाजिक सेवा
लायन्स क्लब विराटनगर रेन्बोको स्थापना दिवसमा सामाजिक सेवा
पदकधारी कराँते खेलाडी स्वदेश फिर्ता
क्षतिग्रस्त जलविद्युत् आयोजना पुनःनिर्माणमा ३ खर्ब ९० अर्बसम्म लाग्ने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×