लायन्स डे मा मानव सेवा आश्रममा भोजन

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २५, सोमबार ११:०५
लायन्स डे मा मानव सेवा आश्रममा भोजन

विराटनगर । लायन्स डे को अवसर पारेर लायन्स क्लब अफ विराटनगर शुभमले विराटनगरस्थित मानव सेवा आश्रममा आश्रितहरूलाई भोजन गराएको छ ।

क्लबकी अध्यक्ष शारदा दाहालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा आश्रममा रहेका बेसहारा तथा असहाय व्यक्तिहरूलाई भोजन गराइएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले लायन्सको मूल मर्म ‘सेवा’ रहेको चर्चा गरिन् । उनले भनिन् ‘मानवताको सेवा नै सबैभन्दा ठुलो धर्म हो, भोकाएकालाई भोजन गराउनु मानवताको सम्मान र हाम्रो सामाजिक उत्तरदायित्व पनि हो ।’

Advertisement

क्लबकी पूर्वअध्यक्ष सरस्वती सिटौलाले संयोजन गरेको उक्त कार्यक्रमको प्रायोजन एलिना सुवेदी शिवाकोटीले गरेकी थिइन् ।

कार्यक्रममा लायन्स सदस्यहरू, आश्रम परिवार तथा स्थानीय समाजसेवीहरूको उपस्थिति रहेको थियो । सहभागीहरूले सेवाभावलाई व्यवहारमा उतार्दै यस्ता परोपकारी कार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए । क्लबले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न समयमा यस्ता सेवामूलक गतिविधि गर्दै आएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.