निर्माण व्यवसायी महासंघको राष्ट्रिय सम्मेलन हुँदै

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २६, मंगलबार १४:४१

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले निर्माण क्षेत्रका समसामयिक समस्या, चुनौती र समाधानका उपायबारे छलफल गर्न भदौ १५ गते राष्ट्रिय सम्मेलन-२०८३ आयोजना गर्ने भएको छ। चितवनको सौराहास्थित होटेल रोयल ट्रुलिपमा हुने सम्मेलनमा सातै प्रदेश महासङ्घ, ७७ जिल्ला निर्माण व्यवसायी सङ्घ, एसोसिएट सदस्य तथा वस्तुगत सङ्घका प्रतिनिधिहरू सहभागी हुनेछन्।

महासङ्घका प्रवक्ता मङ्गलबहादुर शाहीका अनुसार सम्मेलनमा सार्वजनिक निर्माणका आयोजना समयमा सम्पन्न गर्ने, निर्माण व्यवसायीको भुक्तानीमा भइरहेको ढिलाइ, मूल्यवृद्धि, म्याद थप र सार्वजनिक खरिदसम्बन्धी समस्याबारे गहन छलफल हुनेछ। प्रदेश र जिल्लास्तरमा फरक समस्या देखिए पनि त्यसको मूल कारण नीतिगत र कानुनी पक्षसँग जोडिएकाले सम्मेलनमार्फत साझा एजेन्डा तय गरिने उनले बताए।

Advertisement

आयोजनाहरू समयमै सम्पन्न गर्ने विषयलाई सम्मेलनमा विशेष प्राथमिकता दिइनेछ। व्यवसायीहरूलाई आफूले जिम्मा लिएका काम तोकिएको समयमै पूरा गरी गुणस्तर कायम गर्न र थप जिम्मेवार बन्न सम्मेलनले उत्प्रेरित गर्ने प्रवक्ता शाहीको भनाइ छ।

महासङ्घले प्रदेश तथा जिल्ला सङ्घबाट अध्यक्ष र महासचिव गरी दुई–दुई जना प्रतिनिधिको अनिवार्य सहभागिताका लागि आग्रह गर्दै भदौ १० गतेभित्र नामावली पठाउन निर्देश गरेको छ। सम्मेलनलाई निर्माण क्षेत्रको पुनरुत्थान र सरकारसमक्ष एकीकृत धारणा प्रस्तुत गर्ने महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

तपाइको प्रतिक्रिया
घुस लिएको आरोपमा इलामको चुलाचुलीका इन्जिनियर र लेखा अधिकृतविरुद्ध मुद्दा दायर
डुबेर तीन बालबालिका बेपत्ता
महाधिवेशनसम्बन्धी गतिविधि रोक्न निर्वाचन आयोग र कांग्रेसलाई इतर समूहको पत्राचार
नेपाली कांग्रेस इतर पक्षको भेलामा कोइराला सहभागी हुने
निर्माण व्यवसायी महासंघको राष्ट्रिय सम्मेलन हुँदै
कोलम्बियामा गएको भूकम्पप्रति नेपाल सरकारद्वारा दुःख व्यक्त
चीनको लङ मार्च-७ए रकेट आकाशमै विस्फोट
बालबालिकासम्बन्धी ऐन संशोधन विधेयक संसदमा
कोशीमा विकास समस्या समाधान समितिको बैठक, संघसमक्ष मुख्य विषयहरू उठाइने
ग्यास अभाव : तोकिएभन्दा बढी मूल्य तिर्न उपभोक्ता बाध्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.