
काठमाडौं । सनातन हिन्दुराष्ट्र पुनर्वहालीको माग गर्दै काठमाडौं मा पैदलयात्रा निकालिएको छ। राप्रपा निकट नेपाल सनातन धर्म संस्कृति सङ्गठनले सोमबार काठमाडौँमा उक्त पैदलयात्राको आयोजना गरेको हो।
मैतीदेवी मन्दिरदेखि सुरु भएको पैदलयात्रा पशुपतिनाथ मन्दिर पुगेर समापन भएको थियो। पैदलयात्रामा राप्रपा सांसद खुस्बु ओलीसहित विभिन्न धर्मानुरागी तथा नेता-कार्यकर्ताहरूको सहभागिता रहेको थियो।

























