संवैधानिक इजलास गठन प्रक्रियाप्रति बार अध्यक्ष मिश्रको आपत्ति

Share this
671shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २९, शुक्रबार १५:४०

काठमाडौं । नेपाल बार एसोसिएसनका अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सर्वोच्च अदालतमा संवैधानिक इजलास गठन प्रक्रियाप्रति गम्भीर आपत्ति जनाएका छन्। शुक्रबार बारमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष मिश्रले संवैधानिक इजलास वरिष्ठताका आधारमा वा गोलाप्रथाबाट गठन हुनुपर्नेमा प्रधान न्यायाधीश डा. मनोजकुमार शर्माले आफूखुसी गठन गर्ने गरेको आरोप लगाए।

वरिष्ठता मिचेर प्रधान न्यायाधीश नियुक्त गर्ने र त्यसपछि प्रधान न्यायाधीशले मनोमानी ढङ्गले संवैधानिक इजलास गठन गरी निश्चित मुद्दाहरू उक्त इजलासमा पठाउने परिपाटीविरुद्ध बार चुप लागेर नबस्ने उनले चेतावनी दिए। यस विषयमा प्रधान न्यायाधीश शर्माको ध्यानाकर्षण गराइसकिएको र आगामी कदमबारे बारभित्र छलफल भइरहेको उनले जानकारी दिए।

अध्यक्ष मिश्रले स्वतन्त्र, स्वच्छ र सरकारका कामलाई नियन्त्रण गर्दै कानुनबमोजिम न्याय सम्पादन गर्न सक्ने सक्षम न्यायपालिका नै बारको मुख्य चाहना रहेको बताए। साथै, उनले पछिल्लो समय न्यायपालिकामाथि कार्यपालिकाको हस्तक्षेप बढ्दै गएको र एकपछि अर्को विवाद थपिँदै गएकोमा चिन्ता व्यक्त गरे।

‘संवैधानिक इजलास कि त वरिष्ठताका आधारमा कि त गोलाप्रथाबाट तय हुनुपर्छ भन्ने हाम्रो आधिकारिक मान्यता हो। निश्चित मुद्दाहरू टिप्पणी उठाएर संवैधानिक इजलासमा पुर्‍याउने काम सुरु भएको खबर आएका छन्। यसरी आफूखुसी इजलास गठन गर्ने र निश्चित मुद्दा राख्ने हो भने बार चुप लागेर बस्दैन,’ उनले भने, ‘व्यक्तिहरू आउँछन्, जान्छन्, तर मुख्य कुरा स्वतन्त्र र स्वच्छ न्यायपालिकाको रक्षा गर्नु हो। हामीले यस विषयमा प्रधान न्यायाधीशको ध्यानाकर्षण गराइसकेका छौँ।’

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×