मोरङको उर्लाबारी र केराबारीमा दुई जना मृत फेला

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण ३०, शनिबार १२:४३
सांकेतिक तस्बिर

विराटनगर। मोरङको उर्लाबारी र केराबारीमा शनिबार दुई जना पुरुष मृत अवस्थामा फेला परेका छन्।

मोरङको उर्लाबारी नगरपालिका-८ सिर्जना टोलस्थित सुरेश धिमालको धानखेतको जमेको पानीमा झापाको दमक नगरपालिका-१० का ६२ वर्षीय पञ्जावसिंह लिम्बु उतानो परेको अवस्थामा मृत फेला परेका हुन्।

Advertisement

घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी राजघाट र इलाका प्रहरी कार्यालय पथरीको टोली पुगेर कानुनी प्रक्रिया पूरा गरेको छ। शव पोस्टमार्टमका लागि मंगलबारेस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर पठाइएको प्रहरीले जनाएको छ।

यसैगरी, मोरङकै केराबारी गाउँपालिका-९ बेलचौरीस्थित एक फलैँचामा ७० वर्षीय घनबहादुर तामाङ मृत अवस्थामा फेला परेका छन्। शनिबार बिहान घटनाबारे जानकारी पाएपछि अस्थायी प्रहरी पोस्ट भलुवा र इलाका प्रहरी कार्यालय बेलबारीको टोली घटनास्थल पुगेको थियो।

प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको छ। दुवै घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.