
काठमाडौं । मनसुनी विपद् तथा अन्य प्राकृतिक प्रकोपका कारण पछिल्लो २४ घण्टामा १३ जनाको मृत्यु भएको छ। ५ जना बेपत्ता भएका छन्।
गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार देशका ४३ जिल्लामा ५२ वटा विपद्का घटना भएका छन्। यी घटनाहरूमा ४३ जना घाइते भएका छन्।
विपद्का कारण देशभर १२ स्थानमा सडक आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ भने अनुमानित ६ लाख ४७ हजार रूपैयाँ बराबरको भौतिक क्षति भएको प्राधिकरणले जनाएको छ।
विपद् प्रतिकार्य तथा उद्धारका लागि देशभर २ सय ६१ जना प्रहरी जनशक्ति परिचालन गरिएको छ। उद्धार टोलीले दुई जनाको सकुशल उद्धार गरेको छ।



















