त्रिशूली–३ को सुरुङमा फसेकाको उद्धार प्रयास जारी, ९३ जनाको विशेषज्ञ टोली परिचालित

Share this
729shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १४, आइतबार १३:२२
त्रिशूली–३ को सुरुङमा फसेकाको उद्धार प्रयास जारी, ९३ जनाको विशेषज्ञ टोली परिचालित

काठमाडौं । रसुवास्थित भोटेकोशीमा आएको बाढीका कारण त्रिशूली–३ जलविद्युत् आयोजनाको सुरुङमा फसेका व्यक्तिको उद्धारका लागि सुरक्षा निकायले निरन्तर प्रयास गरिरहेको छ ।

नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोली तथा विशेषज्ञ जनशक्ति परिचालन गरी सुरुङको प्रवेशद्वार पत्ता लगाउने काम भइरहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। उद्धारमा ड्रिलिङ मेसिन, स्काभेटर, हाइड्रोलिक कटरलगायत उपकरण प्रयोग भइरहेका छन् ।

Advertisement

सुरुङमा फसेकाको उद्धारका लागि भदौ १२ गतेदेखि सुरक्षा फौजले निरन्तर प्रयास गरिरहेको छ। शनिबार राति सो क्षेत्रमा वर्षा हुनुका साथै भोटेकोशीमा बाढीको बहाव बढेपछि केही समय उद्धार कार्य रोकिएको थियो। बाढीको बहाव कम भएपछि पुनः उद्धारको काम सुरु गरिएको सेनाले जनाएको छ । उद्धार अभियानमा विशेषज्ञसहित ९३ जना परिचालित छन् ।

यसैबीच, बाढी प्रभावित जिल्लामा नेपाली सेनासहितका सुरक्षा फौजका करिब ८ हजार ४ सयभन्दा बढी जनशक्ति परिचालन गरिएको छ। उनीहरूले स्थानीय तह तथा अन्य निकायसँग समन्वय गरी उद्धार तथा राहतका काम गरिरहेका छन् । सेनाका अनुसार आइतबार बिहान ११ बजेसम्म टिमुरे, धुन्चे र हाकुबेंसी क्षेत्रबाट चार चिनियाँ नागरिकसहित १८३ जनाको उद्धार गरिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×