
विराटनगर । शनिबारदेखि सुरु भएको विराटनगर– ५ स्थित एभरेस्ट सेकेन्डरी स्कुलको इन्ट्रा स्कुल पौडी प्रतियोगिता आइतबार सम्पन्न भएको छ । आइतबार भएका विभिन्न २४ वटा इभेन्टबाट उत्कृष्ट प्रदर्शन गर्ने कक्षा १० का धावा तामाङ छात्रतर्फ सर्वाधिक गोल्ड मेडल जित्दै खेलको प्लेयर अफ द म्याच भए भने छात्रातर्फ कक्षा ८ की आश्ना कटुवाल प्लेयर अफ द म्याच भइन् ।
कक्षा ६ र ७ को छात्रतर्फ भएको ५० मिटर फ्रिस्टाइलमा कक्षा ७ का अनुभव दाहाल प्रथम, कक्षा ६ का डेनिस काफ्ले द्वितीय र कक्षा ७ का आरभ आचार्य तृतीय भए । २५ मिटर फ्रीस्टाइल छात्रतर्फ कक्षा ७ का आदित्य साह प्रथम, कक्षा ६ का आरध्य झा द्वितीय र कक्षा ७ का स्पन्दन चौधरी तृतीय भए । २५ मिटर बटरफ्लाइमा कक्षा ६ का श्रीयांश थापा प्रथम, आरभ चौधरी द्वितीय र प्रनव भट्टराई तृतीय भए ।
५) मिटर ब्रेस्टस्ट्रोकमा कक्षा ७ का पुरव तिम्सिना प्रथम र आरध्य पाण्डे द्वितीय र कक्षा ६ का आरभ चौधरी तृतीय भए । १०० मिटर फ्रीस्टाईलमा कक्षा ७ का पुरव तिम्सिना प्रथम, आरध्य पाण्डे द्वितीय र कक्षा ६ का प्रनव भट्टराई तृतीय भए ।
२०० मिटर फ्रीस्टाइलमा कक्षा ७ का पुरव तिम्सिना प्रथम, आरध्य पाण्डे द्वितीय र कक्षा ६ का श्रीयांश थापा तृतीय भए । २५ मिटर ब्रेस्टस्ट्रोकमा आरध्य पाण्डे प्रथम, पुरव तिम्सिना द्वितीय र श्रीयांश थापा तृतीय भए । २५ मिटर ब्याक स्ट्रोकमा कक्षा ७ का प्रनव भट्टराई प्रथम, अनुभव दाहाल द्वितीय र कक्षा ६ का आरभ चौधरी तृतीय भए । पानी मुनिबाट खेलिने २५ मिटर फिन्स इभेन्टमा कक्षा ७ का पुरव तिम्सिना प्रथम, कक्षा ६ का श्रीयांश थापा द्वितीय र कक्षा ७ का आरध्य पाण्डे तृतीय भएका छन् ।
कक्षा ६ र ७ कै समूहको छात्रातर्फ १५ मिटर फ्रीस्टाईलमा कक्षा ७ का आरध्या पोखरेल प्रथम, सदीक्षा ढुंगाना द्वितीय र विनिशा लामिछाने तृतीय भए । २५ मिटर फ्रीस्टाईलमा कक्षा ७ की काब्या कार्की प्रथम कक्षा ६ की स्मृति झा द्वितीय र कक्षा ७ की विनिशा लामिछाने तृतीय भए ।

छात्रातर्फ नै कक्षा ८–१० तर्फ ५० मिटर फ्रीस्टाईलमा कक्षा–८ की आश्ना कटुवाल प्रथम, कक्षा–९ की सुप्रभा कट्टेल द्वितीय र कक्षा–८ की रश्मी गौतम तृतीय भए । २५ मिटर फ्रीस्टाईलमा कक्षा–८ की आश्ना कटुवाल प्रथम, कक्षा–८ कै रश्मी गौतम द्वितीय र कक्षा–९ की सुप्रभा कट्टेल तृतीय भइन् । २५ मिटर फ्रीस्टाइल खुलातर्फ आश्ना कटुवाल प्रथम, रश्मी गौतम द्वितीय र सुप्रभा कट्टेल तृतीय भएका छन् ।
छात्रतर्फ २०० मिटर फ्रीस्टाइलमा कक्षा १० का धावा तामाङ प्रथम, सुज्ञान कोइराला द्वितीय र हर्षित प्रताप सिंह तृतीय भए । १०० मिटर फ्रीस्टाईलमा कक्षा–१० सुज्ञान कोइराला प्रथम, कक्षा–१० का हर्षित प्रताप सिंह द्वितीय र कक्षा–१० का स्वयमराज घिमिरे तृतीय भए । ५० मिटर फ्रीस्टाइलमा कक्षा १० मनसुन कार्की प्रथम, आरभ थापा द्वितीय र अभय थापा मगर तृतीय भए । २५ मिटर फ्रीस्टाइलमा कक्षा–१० का धर्मेश चौधरी प्रथम, कक्षा–१० कै सुशान्त राउत द्वितीय र कक्षा–९ का तनिश मण्डल तृतीय भए ।
२५ मिटर बटरफ्लाइमा कक्षा–१० का धावा तामाङ प्रथम, कक्षा–१० कै सुज्ञान कोइराला द्वितीय र कक्षा–९ का रेहान अन्सारी तृतीय भएका छन् । त्यस्तै, ५० मिटर ब्रेष्टस्ट्रोकमा कक्षा १० का सुज्ञान कोइराला प्रथम, कक्षा–९ का रेहान अन्सारी द्वितीय र कक्षा–१० का रुद्र शर्मा तृतीय स्थान भए ।
२५ मिटर ब्याकस्ट्रोकमा कक्षा १० का धावा तामाङ प्रथम, सुज्ञान कोइराला द्वितीय र कक्षा ९ का रेहान अन्सारी तृतीय हुँदा २५ मिटर ब्रेस्टस्ट्रोकमा पनि तामाङ, कोइराला र अन्सारी क्रमश प्रथम द्वितीय र तृतीय भए । २५ मिटर फ्रीस्टाइल खुलातर्फ कक्षा ८ का सिद्धान्त यादव प्रथम, मबि शर्मा द्वितीय र भेरी अग्रवाल भए ।
यस्तै रिले फ्रीस्टाइल खुलामा समूह ‘ए’ प्रथम, समूह ‘सी’ द्वितीय र समूह ‘बी’ तृतीय भयो । प्रतियोगिताका विजेताहरूलाई विद्यालयका प्रिन्सिपल टीकाराम पुरी, भाइस प्रिन्सिपल कुन्दन पुरी लगायतले पुरस्कार प्रदान गरे ।

























