शिक्षक हत्या प्रकरणमा भरुवा बन्दुकसहित ३३ वर्षीय राई पक्राउ

Share this
691shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १९, शुक्रबार १४:४७
बाढीपीडितका नाममा आफ्नै क्युआरबाट रकम उठाएको आरोपमा एक जना पक्राउ

संखुवासभा । संखुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा शिक्षकको गोली हानेर हत्या गरिएको घटनामा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । प्रहरीले घटनामा प्रयोग भएको भनिएको भरुवा बन्दुकसहित स्थानीय ३३ वर्षीय पत्न कुलुङ राईलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार राईलाई शुक्रबार बिहान करिब ११ बजेतिर मकालु गाउँपालिका–१ बाट पक्राउ गरिएको हो । उनको साथबाट घटनामा प्रयोग भएको भरुवा बन्दुकसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

Advertisement

मकालु गाउँपालिका–१ चिर्खाङस्थित कालिका आधारभूत विद्यालयमा बिहीबार साँझ शिक्षक नरकुबीर खम्बु राई गोली लागेको अवस्थामा फेला परेका थिए । सिलिचोङ गाउँपालिका–५ याफु घर भएका करिब ३६ वर्षीय नरकुबीर विद्यालयमै बसेर अध्यापन गर्दै आएका थिए ।

प्रहरीका अनुसार बिहीबार साँझ करिब ७ बजे खाना खाइसकेपछि उनी विद्यालयबाहिर भाँडा धुन निस्किएका थिए । सोही समयमा अचानक बन्दुक पड्किएको जस्तो आवाज सुनिएको थियो ।

आवाज सुनेपछि विद्यालयमै बस्दै आएकी शिक्षिका टीकामाया राई बाहिर निस्किएर हेर्दा नरकुबीर जमिनमा ढलेको अवस्थामा देखेकी थिइन् । उनको शरीरबाट रगतसमेत बगिरहेको थियो । त्यसपछि घटनाका बारमो प्रहरीलाई खबर गरिएको थियो ।

प्रहरीका अनुसार मृतकको शरीरको पछाडिको भागमा भरुवा बन्दुकको गोली लागेको चोट फेला परेको प्रहरीले जनाएको छ । घटनामा पक्राउ परेका पत्न कुलुङ राईमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ । गोली प्रहारको कारण, घटनाको वास्तविक परिस्थिति तथा पक्राउ परेका व्यक्तिको संलग्नताका बारेमा अनुसन्धानपछि थप विवरण खुल्ने प्रहरीले जनाएको छ ।

संखुवासभामा गोली हानेर शिक्षकको हत्या

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×