न्यायाधीश नियुक्तिको सम्पूर्ण अधिकार प्रधानन्यायाधीशलाई दिनुपर्छ: डा. विपिन अधिकारी

Share this
729shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भदौ २१, आइतबार १९:२३

काठमाडौं । संविधानविद् डा. विपिन अधिकारीले न्यायपालिकामा सुधार ल्याउन न्यायाधीश नियुक्ति र कारबाहीको पूर्ण अधिकार प्रधानन्यायाधीशलाई दिनुपर्ने प्रस्ताव गरेका छन् ।

ललितपुरमा आयोजित  ‘पुनः विचार, समयानुसार संविधानमा सुधार’ विषयक गोष्ठीमा बोल्दै उनले न्याय परिषद्को संरचनाभन्दा पनि प्रधानन्यायाधीशको नेतृत्वदायी भूमिका महत्त्वपूर्ण हुने बताए । उनले भने, ‘न्यायालयको जिम्मेवारी प्रधानन्यायाधीशले लिनुपर्छ। उनी नै सार्वजनिक चेहरा हुन् र संसद्‍मा महाअभियोगको सामना गर्नुपर्ने व्यक्ति पनि उनी नै हुन्, त्यसैले उनलाई नै शक्ति सम्पन्न बनाउनुपर्छ।’

न्यायपालिकाको सुधारका लागि न्यायाधीश नियुक्तिदेखि अनुशासनात्मक कारबाहीसम्मको अधिकार प्रधानन्यायाधीशलाई दिनुपर्ने उनले बताए । डा. अधिकारीले ऐन संशोधन गरेर प्रधानन्यायाधीशलाई निर्णायक भूमिका दिने हो भने न्यायालय दुई चार महिनामै सुधारिने दाबी गरे ।

न्यायालयको संरचनागत सुधारका लागि सर्वोच्च अदालतलाई संवैधानिक अदालतका रूपमा रूपान्तरण गर्दै प्रदेशका अदालतलाई सर्वोच्च अदालतसरह क्षमता, योग्यता र स्रोतसाधनयुक्त बनाउनुपर्नेमा उनले जोड दिए । त्यसो गर्न सके सर्वोच्च अदालतमा रहेको मुद्दाको चाप कम हुनुका साथै अन्य समस्या समेत हल हुँदै जाने उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया
लुम्बिनी क्वालिफायरमा, लिग चरणबाटै बाहिरियो विराटनगर
छठ : सुरक्षा व्यवस्थामा उच्च सतर्कता अपनाउन प्रहरी महानिरीक्षकको निर्देशन
शिवसताक्षीमा कारको ठक्करले मोटरसाइकल चालकको मृत्यु
 
कांग्रेस नेता उमेश श्रेष्ठका भाइ महेश पक्राउ
फिल्मको दृश्यमा पक्राउ, फेसबुकमा हर्कको प्रश्न !
एन्फाको अर्ली इलेक्सन गर्ने निर्णय बदर, नियमित निर्वाचन प्रक्रिया अघि बढाउने
‘मधेशमा परिवर्तनको अनुभूति नभए अर्को पटक भोट माग्न आउँदिनँ’
एनपीएलमा लुम्बिनीले टस जित्यो, विराटनगरलाई ब्याटिङको निम्तो
सलमानको ‘मातृभूमि’ : चर्चामा नेपाली अभिनेता अनुपविक्रम शाही
मधेशमा नयाँ सरकार गठन प्रक्रिया सुरु, दाबी पेस गर्न आह्वान
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.