हेलिकप्टर दुर्घटनामा ५ जनाको मृत्यु

Share this
771shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २४, बुधबार १३:२३

एजेन्सी । मलेसियाको सारावाक राज्यमा दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा प्रदान गर्दै आएको हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मलेसियाली अधिकारीका अनुसार मंगलबार दिउँसो बो–१०५ प्रकारको हेलिकप्टर बोर्नियो टापुको उत्तरपश्चिमी क्षेत्रमा पर्ने मिरी सहरबाट करिब ३१५ किलोमिटर दक्षिणपूर्वमा रहेको दुर्गम क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो ।

मिरीका विपद् व्यवस्थापन समितिका अध्यक्ष गालोङ लुआङले आज (बुधबार) जारी गरेको विज्ञप्तिमार्फत हेलिकप्टरमा सवार पाँचै जनाको मृत्यु भएको पुष्टि गरेका हुन् । मृतकमध्ये चालक, एक चिकित्सक, एक स्वास्थ्य सहायक र दुई नर्स रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

Advertisement

सामाजिक सञ्जालमा सार्वजनिक भएको दुर्घटनाको दृश्यमा हेलिकप्टर खस्नुअघि त्यसबाट बाक्लो धुवाँ निस्किरहेको देखिन्छ । यद्यपि, दुर्घटनाको वास्तविक कारण भने अहिलेसम्म खुल्न सकेको छैन । मलेसियाको नागरिक उड्डयन प्राधिकरणका अनुसार दुर्घटनाको अनुसन्धान गर्न हवाई दुर्घटना अनुसन्धान टोली बुधबार घटनास्थल पुग्नेछ ।

मलेसियाको दुर्गम स्वास्थ्य सेवा कार्यक्रमअन्तर्गत घना जंगल र कठिन भौगोलिक अवस्थाका कारण सडक यातायातको पहुँच नभएका आदिवासी समुदायलाई स्वास्थ्य सेवा उपलब्ध गराइँदै आएको छ । त्यहाँका बासिन्दा स्वास्थ्य सेवाका लागि हवाई यातायातमा ठूलो मात्रामा निर्भर छन् ।

यस सेवाअन्तर्गत चिकित्सक, स्वास्थ्य सहायक र नर्सलगायत स्वास्थ्यकर्मीको टोली हेलिकप्टर वा साना विमानमार्फत गाउँ तथा परम्परागत सामुदायिक घरहरूमा नियमित रूपमा पुग्ने गर्छ । स्वास्थ्य टोलीहरू सामान्यतया प्रत्येक महिना वा दुई महिनाको अन्तरालमा दुर्गम बस्तीमा पुग्ने गरेका छन् ।

तपाइको प्रतिक्रिया
भोटेकोशी बाढीः ज्यान गुमाउनेको संख्या १ हजार ३६७ पुग्यो
सालको काठ चिरान गरिरहेका दुई जना इलाममा पक्राउ
प्रधानमन्त्री शाहद्वारा बाढीपछिको अवस्थाबारे सुरक्षा प्रमुखहरुसँग छलफल
लोमान्थाङमा २४ घण्टामा ७ पटक भूकम्प, अधिकांश घर चर्किए
जेनजी आन्दोलनमाथिको दमन र हिंसाबारे निष्पक्ष छानबिन गरौँ : प्रचण्ड
राष्ट्रसंघको ८१औँ महासभा सुरु, विश्वव्यापी ऐक्यबद्धतामा नेपालको जोड
हेलिकप्टर दुर्घटनामा ५ जनाको मृत्यु
रसुवा बाढीको आर्थिक प्रभाव र जलवायु वित्तबारे अध्ययन गर्न उपसमिति गठन
मेचीनगरमा फ्रिज सर्ट भई आगलागी 
मोरङको बूढीगंगामा जलेर महिलाको मृत्यु
प्रहरीलाई देखेपछि ट्रकबाट हाम फालेर चालक फरार, १ हजार २४० किलो गाँजा बरामद
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×