फेरीमा आगलागी, ५ जनाको मृत्यु, ८७ जना बेपत्ता

Share this
699shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २५, बिहीबार ०८:४२

एजेन्सी । पश्चिमी फिलिपिन्सको पलावान टापुनजिक फेरीमा आगलागी हुँदा पाँच जनाको मृत्यु भएको छ भने ८७ जना बेपत्ता भएका छन् ।

फिलिपिन्स कोस्ट गार्डका अनुसार बुधबार राति कोरोनजिक समुद्रमा एमभी जुन एस्टर फेरीमा आगलागी भएको थियो । घटनापछि ४२ जनाको उद्धार गरिएको छ ।

Advertisement

फेरीमा ११७ यात्रु र १७ जना चालक दलका सदस्य गरी १३४ जना सवार थिए। मनिलाको बेस्कोबाट पलावानको कोरोनतर्फ गइरहेको फेरीमा आगलागीको कारण भने खुलेको छैन ।

कोस्ट गार्डले खोज तथा उद्धार कार्य जारी रहेकाले मृतक र बेपत्ताको संख्या परिवर्तन हुन सक्ने जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×