वृद्धाश्रममा आगलागी, १६ जनाको मृत्यु

Share this
709shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २७, शनिबार १३:१७

एजेन्सी। चिलीको अराउकानिया क्षेत्रमा रहेको वृद्धवृद्धाको हेरचाह केन्द्र -वृद्धाश्रम) मा आगलागी हुँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ ।

शुक्रबार राति पित्रुफ्केनमा लागेको आगोले हेरचाह केन्द्रको भवन पूर्ण रूपमा जलेको छ । घटनामा केही मानिस अझै भवनभित्र फसेको हुन सक्ने आशंका गरिएको छ ।

Advertisement

अराउकानिया प्रहरी प्रमुख जनरल मिगेल हेरेराका अनुसार केन्द्रमा रहेका १० जनालाई मात्र सुरक्षित रूपमा बाहिर निकाल्न सकिएको छ । अग्निनियन्त्रकहरूले घटनास्थलबाट १६ जनाको शव फेला पारेका छन् ।

आगलागीको कारण खुल्न सकेको छैन । घटनास्थलमा ठूलो संख्यामा अग्निनियन्त्रक परिचालन गरी आगो नियन्त्रणमा लिनुका साथै भवनभित्र अन्य व्यक्ति फसेका छन् कि छैनन् भन्ने खोजी भइरहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×