सर्वोच्चद्वारा प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयनमा रोक

Share this
702shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ३१, बुधबार २०:४०

काठमाडौं । सर्वोच्च अदालतले संविधान संशोधनसम्बन्धी प्रतिनिधिसभा नियमावली, २०८३ का दुई वटा व्यवस्था तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।

प्रधानन्यायाधीश मनोजकुमार शर्मा तथा न्यायाधीशहरू कुमार रेग्मी, नहकुल सुवेदी, विनोद शर्मा र शारंगा सुवेदी सम्मिलित संवैधानिक इजलासले नियमावलीको नियम १४० को उपनियम (११) र नियम २५९ कार्यान्वयन नगरी यथास्थितिमा राख्न आदेश दिएको हो ।

Advertisement

नेपाली कांग्रेसकी राष्ट्रियसभा संसदीय दलकी नेता कमला देवी पन्तसमेतले संघीय संसद् सचिवालयविरुद्ध दायर गरेको रिटमाथि सुनुवाइ गर्दै अदालतले यस्तो आदेश दिएको हो । रिट निवेदकहरूले प्रतिनिधिसभा नियमावली, २०८३ का उक्त व्यवस्था संविधानसँग बाझिएको दाबी गर्दै तत्काल कार्यान्वयनमा रोक लगाउन अन्तरिम आदेश माग गरेका थिए ।

सर्वोच्चको आदेशमा प्रारम्भिक रूपमा हेर्दा नियमावलीका ती व्यवस्था संविधानका प्रावधानसँग प्रतिकूल रहेको देखिएको उल्लेख छ । ती व्यवस्था कार्यान्वयनमा आए संवैधानिक प्रावधानमा अपूरणीय क्षति पुग्न सक्ने तथा रिट निवेदकको पक्षमा सुविधा सन्तुलनसमेत देखिएको भन्दै अदालतले अन्तरिम आदेश जारी गरेको हो ।

अदालतले प्रतिनिधिसभा नियमावली, २०८३ को नियम १४० को उपनियम (११) र नियम २५९ हाल कार्यान्वयन नगरी यथास्थितिमा राख्न स्पष्ट आदेश दिएको छ ।

तपाइको प्रतिक्रिया
सर्वोच्चद्वारा प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयनमा रोक
विराट टिचिङ हस्पिटलमा राष्ट्रिय स्वास्थ्य शिक्षा सम्मेलन हुँदै 
विराट टिचिङ हस्पिटलमा राष्ट्रिय स्वास्थ्य शिक्षा सम्मेलन हुँदै 
 जेनजी आन्दोलनका घाइते बिर्तामोडमा आमरण अनशनमा
 जेनजी आन्दोलनका घाइते बिर्तामोडमा आमरण अनशनमा
कबाडीमा ठूलो खेल : अर्बौंको कारोबार, हराउँदै भ्याट
विद्यालयमा सिकाइभन्दा व्यवस्थापनकै समस्या : एउटै कोठामा तीन वटा कक्षा, सुविधा भने शून्य 
विद्यालयमा सिकाइभन्दा व्यवस्थापनकै समस्या : एउटै कोठामा तीनवटा कक्षा, सुविधा भने शून्य 
सुरुङभित्र उद्धार अभियान तीव्र, १० शव भेटिँदा ३ जनाको जीवितै उद्धार
आमालाई ६ महिना प्रसूति र बुवालाई ४२ दिनसम्म स्याहार बिदा दिने तयारी
मन्त्रिपरिषद्का ६ निर्णयः डिजिटल शासनदेखि सचिव बढुवासम्म
अख्तियारका कर्मचारीद्वारा बाढीपीडितका लागि ६१ लाख
कांग्रेसको १५औँ महाधिवेशनमा ६ हजार ५२८ प्रतिनिधि सहभागी हुने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×