बंगलादेशमा दशकौँयताकै गम्भीर दादुरा प्रकोप

Share this
670shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १, बिहीबार १५:१५

एजेन्सी। बंगलादेशमा दशकौँयताकै गम्भीर दादुरा प्रकोप देखिएको छ । संक्रमण नियन्त्रण गर्न आपत्कालीन खोप अभियान सञ्चालन भइरहे पनि हालसम्म एक हजारभन्दा बढी बालबालिकाको मृत्यु भइसकेको र दैनिक करिब एक हजार नयाँ शंकास्पद संक्रमित थपिइरहेको जनाइएको छ । बंगलादेश सरकारले देशभर सञ्चालन गरेको आपत्कालीन खोप अभियानअन्तर्गत १ करोड ९८ लाखभन्दा बढी बालबालिकालाई खोप लगाइसकेको छ । तर ठूलो संख्यामा बालबालिका अझै खोपको पहुँचबाहिर रहेकाले संक्रमण नियन्त्रण गर्न कठिन भइरहेको छ ।

युनिसेफका अनुसार सरकारले सेप्टेम्बर २६ देखि खोप अभियानलाई थप तीव्र बनाउने तयारी गरेको छ । यस चरणमा अहिलेसम्म खोप नपाएका बालबालिकालाई प्राथमिकतामा राखिनेछ । बंगलादेशमा मार्च २०२६ देखि दादुराको संक्रमण तीव्र रूपमा फैलिएको हो । पछिल्लो सरकारी तथ्यांकअनुसार मार्चयता १ लाख ९४ हजारभन्दा बढी शंकास्पद तथा संक्रमित केस रिपोर्ट भइसकेका छन् ।

Advertisement

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार अप्रिलमै संक्रमण देशका ६४ मध्ये ५८ जिल्लामा फैलिएको थियो । त्यतिबेला १५ मार्चदेखि १४ अप्रिलसम्म १९ हजार १६१ शंकास्पद केस र २ हजार ८९७ प्रयोगशाला प्रमाणित केस भेटिएका थिए । सो अवधिमा १६६ जनाको दादुरासँग सम्बन्धित मृत्यु शंकास्पद र ३० जनाको मृत्यु प्रमाणित भएको थियो ।

त्यसपछि संक्रमण झन् तीव्र भएको डब्लुएचओको तथ्यांकले देखाउँछ । जुन १४ सम्म मात्रै ८५ हजार ९५१ शंकास्पद केस र १० हजार ३२३ प्रयोगशाला प्रमाणित केस रिपोर्ट भएका थिए । त्यस अवधिसम्म ५६० शंकास्पद तथा ९२ प्रमाणित दादुरा–सम्बन्धी मृत्यु भएको डब्लुएचओले जनाएको थियो । बीबीसीले उद्धृत गरेको पछिल्लो सरकारी तथ्यांकअनुसार मंगलबार मात्रै थप आठ जनाको शंकास्पद दादुराबाट मृत्यु भएको थियो ।

दादुरा अत्यन्त संक्रामक भाइरसजन्य रोग हो । संक्रमित व्यक्तिले सास फेर्दा, खोक्दा वा हाच्छ्युँ गर्दा निस्कने सूक्ष्म कणबाट यो सजिलै अर्को व्यक्तिमा सर्न सक्छ । डब्लुएचओका अनुसार बंगलादेशमा रिपोर्ट भएका संक्रमितमध्ये करिब ७९ प्रतिशत पाँच वर्षभन्दा कम उमेरका बालबालिका छन् । दुई वर्षभन्दा कम उमेरका बालबालिकाको हिस्सा ६६ प्रतिशत छ भने नौ महिनाभन्दा कम उमेरका शिशु ३३ प्रतिशत छन् ।

विशेषगरी नौ महिनाभन्दा कम उमेरका शिशु बढी जोखिममा छन् । उनीहरू नियमित खोपका लागि अझै योग्य नहुन सक्छन् । डब्लुएचओका अनुसार पुष्टि भएका दादुरा संक्रमितमध्ये करिब ८३ प्रतिशत खोप नलगाएका बालबालिका छन् । यसले बंगलादेशमा खोपबाट सिर्जना हुनुपर्ने सामूहिक प्रतिरोधात्मक क्षमता कमजोर बनेको देखाउँछ ।

तपाइको प्रतिक्रिया
असन्तुष्टि सम्बोधन भयो, अब सबैलाई समेटेर जान्छौं: थापा
जलवायु न्याय र क्षतिपूर्तिको विषय महासभामा सशक्त रूपमा उठाइने
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा संकलन भयो साढे १४ अर्ब
भोटेकोशी बाढीमा ६७७ मजदुर सम्पर्कविहीन, ५१५ ट्रक तथा कन्टेनर हराए
भोटेकोशी बाढीमा ६७७ मजदुर सम्पर्कविहीन, ५१५ ट्रक तथा कन्टेनर हराए
विदेशी हस्तक्षेपबारे सरकारसँग जवाफ माग्दै श्रम संस्कृति पार्टी
निर्वाचन आयोगले सार्वजनिक गर्‍यो प्रारम्भिक मतदाता नामावली
सरकारबाट पहल नभए फिफाको निर्देशनअनुसार गतिविधि अघि बढाउने एन्फाको भनाइ
बंगलादेशमा दशकौँयताकै गम्भीर दादुरा प्रकोप
अस्पतालबाहिर सुत्केरी प्रकरणः स्वास्थ्यकर्मीमाथि कारबाही सिफारिस
अख्तियारको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×