
काठमाडौं । जापानमा जारी २० औँ एसियाली खेलकुदअन्तर्गत कराँतेमा नेपालका तीन खेलाडी तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा पराजित भएका छन् ।
पुरुष ५५ केजीमुनिको तौल समूहमा नेपाली खेलाडी राकेश मानन्धर मलेसियाका कालिनन सुन्दरमसँग ९–१ अंकले पराजित भए ।
त्यस्तै, पुरुष ६० केजीमुनि मीनबहादुर तामाङ साउदी अरेबियाका अलबासारसँग २–० अंकले पराजित भए ।
महिला ६८ केजीमाथिको तौल समूहमा १९ औँ एसियाली खेलकुदकी पदक विजेता एरिका गुरुङ पनि पदकबाट चुकिन् । उनी काजकिस्तानकी मोस्ताफासँग रोमाञ्चक प्रतिस्पर्धामा ८–७ अंकले पराजित भइन् ।
यससँगै कराँतेमा नेपालका यी तीनै खेलाडीले तेस्रो स्थानको प्रतिस्पर्धाबाट पदक जित्ने अवसर गुमाएका छन् ।



















