भोजपुरमा खोरेत रोग उन्मूलनका लागि ‘खोप अभियान’

Share this
652shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असोज ६, मंगलबार ०९:१५

भोजपुर। भोजपुरमा गाईभैँसीमा देखिने खोरेत रोग उन्मूलनका लागि ‘खोप अभियान’ सञ्चालन हुने भएको छ। खोरेत रोग नियन्त्रण र उन्मूलन गर्ने उद्देश्यका साथ खोप अभियान गर्न लागिएको भेटेरिनरी अस्पताल तथा सेवा विज्ञ केन्द्र भोजपुरले जनाएको छ।

भेटेरिनरी अस्पताल तथा सेवा विज्ञ केन्द्रका प्रमुख पुष्पराज दाहालले भोजपुरका नौ वटै स्थानीय तहमा यही असोज ८ गतेदेखि आगामी कात्तिक १५ गतेसम्म अभियान सञ्चालन हुने जानकारी दिए।

खोप सहजकर्तालाई आवश्यक तालिम दिएर सबै पालिकामा खटाइएको उनले बताए। अभियान सुरु हुनु पूर्व ७६ जना खोपकर्तालाई एक दिने ‘खोप अभिलेखीकरण’सम्बन्धी सफ्टवेयर सञ्चालन तालिम प्रदान गरिएको उनले जानकारी दिए। ‘भोजपुरमा खोरेत रोगविरुद्धको खोप अभियान सञ्चालन हुँदै छ’, प्रमुख दाहालले भने, ‘यो अभियानका लागि हामीलाई ६१ हजार डोज खोप प्राप्त भएको छ। किसानकै गोठमा पुगेर खोप लगाउने व्यवस्था मिलाइएको छ।’

रोग नियन्त्रणसँगै उत्पादन वृद्धि र पशुपालक किसानलाई आर्थिक लाभ पुर्‍याउने लक्ष्यका साथ खोप अभियान सञ्चालन गरिएको प्रमुख दाहालले बताए। अभियानले ग्रामीण क्षेत्रका किसानलाई सहज र सुलभ सेवा उपलब्ध हुने कार्यालयको भनाइ छ। कार्यालयका अनुसार, पहिलो चरणको खोप अभियान सम्पन्न भएपछि पुनः दोस्रो चरणको कार्यक्रम सञ्चालन गरिनेछ।

अधिकांश किसान पशुपालन व्यवसायमा निर्भर भए पनि पशुमा लाग्ने सामान्य रोग तथा उपचारको जानकारी नहुँदा समस्या भोग्दै आएका छन्। पशुमा लाग्ने रोगबारे जनचेतना फैलाउने काम पनि सँगसँगै हुने प्रमुख दाहालले बताए। खोप अभियानले कृषकलाई आर्थिक रूपमा सबलसँगै पशुजन्य उत्पादन वृद्धि गर्न र रोग नियन्त्रणमा दीर्घकालीन प्रभाव पार्ने विज्ञ केन्द्रले जनाएको छ।

तपाइको प्रतिक्रिया
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.