अमेरिकी राष्ट्रपतिको दुर्लभ कूटनीतिक शैली, सीलाई स्वागत गर्न विमानस्थलमै पुगे ट्रम्प

Share this
732shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन ८, बिहीबार ०७:१०

एजेन्सी । चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका पुगेका छन् । सीको अमेरिका आगमनसँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उनलाई विमानस्थलमै पुगेर स्वागत गरेका छन् ।

उक्त स्वागतलाई अमेरिकी राष्ट्रपतिको दुर्लभ कूटनीतिक शैलीका रुपमा हेरिएको छ । जोइन्ट बेस एन्ड्रयुजमा सीको स्वागतका लागि ट्रम्पसँगै अमेरिकी प्रथम महिला मेलानिया ट्रम्प पनि उपस्थित थिइन् । चिनियाँ राष्ट्रपति सीसँग उनकी पत्नी पेङ लियुआन पनि अमेरिका पुगेकी छन् ।

Advertisement

विदेशी राष्ट्रप्रमुखलाई सामान्यतया ह्वाइट हाउसमै भेट्ने अमेरिकी राष्ट्रपतीय परम्पराभन्दा फरक ढंगले ट्रम्पले सीलाई विमानस्थलमै पुगेर स्वागत गरेका हुन् । सीको स्वागतका लागि अमेरिकी सेनाले विशेष समारोह आयोजना गरेको थियो ।

समारोहमा सैन्य ब्यान्ड, गार्ड अफ अनर तथा अमेरिकी सैन्य विमानको प्रदर्शन गरिएको थियो । बी–१ बम्बर विमानले आकाशमा फ्लाइपास्टसमेत गरेको थियो ।

सीको अमेरिका भ्रमणका क्रममा बिहीबार ट्रम्पसँग द्विपक्षीय भेटवार्ता हुने कार्यक्रम छ । भेटवार्तामा दुई देशबीचको व्यापार सम्बन्ध, भन्सार महसुल र कृत्रिम बुद्धिमत्ता (एआई) लगायतका विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।

अमेरिका र चीनबीच व्यापार तथा अन्य रणनीतिक विषयमा मतभेद रहँदै आएका बेला सीको अमेरिका भ्रमणलाई दुई देशबीचको उच्चस्तरीय संवादका रूपमा हेरिएको छ ।

तपाइको प्रतिक्रिया
भारी वर्षाको सम्भावनापछि विराटनगरका विद्यालय दुई दिन बन्द
अदालतका फैसला जाँच्न संसदीय समिति बनाउने प्रस्तावप्रति आपत्ति
संसद् बैठकमा रास्वपा सांसदलाई अनिवार्य उपस्थितिको निर्देशन
चाडपर्वमा यात्रा सहज बनाउन सडक मर्मत तीव्र
प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसंघ महासभालाई सम्बोधन गर्दै
कृषि आधुनिकीकरण कार्यक्रमबाट १० वर्षमा १८ लाख परिवार लाभान्वित
रंगशाला बनेपछि भोजपुरमा बढ्यो खेल गतिविधि
पदयात्रा र पर्वतारोहणमा उच्च सतर्कता अपनाउन आग्रह
स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन
जलवायु विपद्पछि पुनर्निर्माणका लागि दीर्घकालीन अन्तर्राष्ट्रिय सहयोग माग
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×