रातु नदीको बाँध भत्किँदा जलेश्वर जलमग्न 

Share this
704shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १६, शुक्रबार ०७:२९
रातु नदीको बाँध भत्किँदा जलेश्वर जलमग्न 

महोत्तरी । रातु नदीको बाँध भत्किएपछि महोत्तरीको सदरमुकाम जलेश्वर जलमग्न भएको छ । बलवा नगरपालिका–वञ्चौरी तथा महोत्तरी गाउँपालिकाको गोरीगमा र मडै बस्ती नजिक तीन ठाउँमा बाँध भत्किएपछि नदीको पानी बस्ती र बजार क्षेत्रमा पसेको हो ।

बाँध भत्किएपछि लगातार पानी पर्दा बुधबार साँझदेखि जलेश्वरमा पानी पस्न थालेको थियो । पानीको उचित निकास नहुँदा बिहीबार बजार क्षेत्रसमेत डुबानमा परेको छ । जलेश्वर–१ स्थित नगरपालिका चोकदेखि हटिया क्षेत्रसम्म सडक तथा आसपासका क्षेत्रमा पानी जमेको छ ।

बाँध भत्किएपछि महोत्तरी गाउँपालिकाका रतबारा, मडै र गोरीगमा तथा जलेश्वर नगरपालिकाका छोट्का रतबारा, बजराही र धवौली क्षेत्रमा धानबालीमा क्षति पुगेको छ। बाढीले बाली काट्ने समयमा धान ढलाएर ठूलो नोक्सानी गरेको किसानहरूले बताएका छन्।

महोत्तरी–६ गोरीगमाका किसान भोला महतोले हरेक वर्ष यही क्षेत्रमा बाँध भत्किने गरेको बताए । उनका अनुसार यसपटक पनि बाढीले पाक्न लागेको धानबालीमा ठूलो क्षति पुर्‍याएको छ।

गत वर्ष पनि वञ्चौरी क्षेत्रमा बाँध भत्किएको थियो। जलेश्वर डुबानमा परेपछि यातायात सञ्चालनमा समेत समस्या भएको छ भने सर्वसाधारणलाई पैदल हिँडडुल गर्नसमेत कठिनाइ भएको स्थानीयले बताएका छन् ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार बाढी नगर क्षेत्रमा पसेपछि भत्किएको बाँध तत्काल मर्मतसम्भार गर्ने र जलेश्वरको पुछारबाट पानी निकासको व्यवस्था मिलाउने काम थालिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×