
विराटनगर । मोरङको बेलबारी नगरपालिका–४ बुधबारेमा पुरानो रिसइबीका कारण भएको झगडा र कुटपिटमा दुई जना घाइते भएका छन् ।
बिहीबार राति करिब ९ः२० बजे स्थानीय १७ वर्षीय दिनेश थापा र ४३ वर्षीय ज्येष्ठबहादुर राईबीच झगडा हुँदा दुवै जनाको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घाइते दुवैको अवस्था मध्यम रहेको र बेलबारी नगर अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे जानकारी पाएपछि इलाका प्रहरी कार्यालय बेलबारीबाट प्रहरी नायब निरीक्षक काजीबानु कार्कीको नेतृत्वमा टोली खटिएको थियो ।



















