चार टोलीबीच प्रतिष्ठाको लडाइँ, दुईवटा रोचक भिडन्त हुँदै

Share this
767shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक १९, बिहीबार ०६:४४

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलमा लुम्बिनी लायन्स, जनकपुर बोल्ट्स, विराटनगर किंग्स र काठमाडौं गोर्खाजले प्रतिस्पर्धा गर्नेछन् ।

चार टोलीबीचको प्रतिष्ठाको लडाइँले गर्दा दुईवटा रोचक भिडन्त हुन लागेका हुन् । पहिलो खेलमा दिउँसो १२ः३० बजे लुम्बिनी लायन्स र जनकपुर बोल्ट्सबीच भिडन्त हुनेछ । जारी प्रतियोगितामा उत्कृष्ट लयमा देखिएको लुम्बिनी अपराजित यात्रालाई कायम राख्ने लक्ष्यसहित मैदान उत्रनेछ ।

तीन खेल खेलेको लुम्बिनीले दुईमा जित र एक खेलमा अंक बाँड्दै पाँच अंक जोडेको छ । टोली अंक तालिकाको शीर्ष स्थानमा छ । यता जनकपुर भने जितको लय समात्दै अंक तालिकामा आफ्नो स्थिति सुधार्ने योजनामा हुनेछ । चार खेलबाट दुई जित र दुई हार बेहोरेको जनकपुर चार अंकसहित चौथो स्थानमा छ ।

बिहीबारको दोस्रो खेलमा साँझ ५ बजे विराटनगर किंग्स र काठमाडौं गोर्खाज आमनेसामने हुनेछन् । चार खेलबाट दुई जित र दुई हारको नतिजा निकालेको विराटनगर चार अंकसहित दोस्रो स्थानमा छ ।

काठमाडौंका लागि भने यो खेल अंक तालिकामा सुधार गर्ने अवसर हुनेछ । दुई खेल खेलेको काठमाडौंले एकमा जित र एकमा हार बेहोरेको छ । दुई अंकसहित टोली सातौं स्थानमा छ ।

दुवै खेलले टोलीहरूको अंक तालिकामा थपघट ल्याउने भएकाले बिहीबारको प्रतिस्पर्धालाई महत्त्वपूर्ण रूपमा हेरिएको छ ।

तपाइको प्रतिक्रिया
उदयपुरमा २७ भूमिहीन परिवारले पाए जग्गाधनी पुर्जा
चाडपर्वमा सुरक्षा चुनौती रोक्न प्रहरीको विशेष रणनीति, ५० हजार सुरक्षाकर्मी सडकमा
राति १० बजे नै व्यवसाय बन्द गर्नुपर्ने नियमप्रति विराटनगरका व्यवसायी असन्तुष्ट
कार्की सर्वोच्चमा, रिट रोकियो
सर्वोच्चका चार न्यायाधीशको सुनुवाइ हुँदै, पाँच उजुरीकर्ताले सबैलाई लगाए प्रश्न
सरकारले दिएको नयाँ जिम्मेवारी अस्वीकार गर्दै सर्वोच्च पुगे दानबहादुर कार्की
धनकुटा प्रहरीले तमोर किनारमा नष्ट गर्‍यो डेढ टनभन्दा बढी गाँजा
बालसंसारका विद्यार्थीले देउसी–भैलोमार्फत झल्काए मौलिक संस्कृति
शान्ति–सुरक्षा चुस्त बनाउन प्रधानमन्त्री शाहको निर्देशन
न्यायाधीशलाई मेलमिलापकर्ता बनाउने प्रस्तावमा बारको आपत्ति
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.