
विराटनगर । मोरङको पथरीशनिश्चरे नगरपालिका–१० एकता चोकबाट लागुपदार्थ खैरो हेरोइन जस्तो देखिने पदार्थसहित एक युवक पक्राउ परेका छन् ।
प्रहरीले शुक्रबार दिउँसो स्थानीय २९ वर्षीय सुनिल कार्कीलाई शंकास्पद अवस्थामा जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारेको हो ।
प्रहरीका अनुसार उनको हाफ पाइन्टको अगाडिको दायाँ गोजीमा लुकाएर राखिएको ५९० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ बरामद गरिएको छ । प्रहरीले कार्कीले प्रयोग गर्ने को २० प ५७९८ नम्बरको मोटरसाइकल र उनको साथमा रहेको १२ हजार ७५० रुपैयाँसमेत नियन्त्रणमा लिएको छ ।
लागूऔषध सेवन तथा बिक्रीवितरण भइरहेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पथरीबाट प्रहरी सहायक निरीक्षक विशाल अधिकारीको टोली खटिएको थियो। पक्राउ परेका कार्कीलाई इलाका प्रहरी कार्यालय पथरीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

























