आत्मदाह प्रयास गरेकी केराबारीकी महिलाको उपचारका क्रममा मृत्यु

Share this
728shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर ५, शनिबार १०:२५
प्रतीकात्मक तस्बिर

विराटनगर । मोरङको केराबारी गाउँपालिकामा आत्मदाहको प्रयास गरेकी ३७ वर्षीया कल्पना लिम्बूको उपचारका क्रममा मृत्यु भएको छ।

केराबारी गाउँपालिका–८ धरान लाइनस्थित आफ्नै घरको पछाडिपट्टि गत बिहीबार साँझ करिब ६:१० बजे उनले आत्मदाह प्रयास गरेकी थिइन् । शरीरमा मट्टीतेल खन्याएर उनले आफैंलाई आगो लगाएकी थिइन् ।

गम्भीर घाइते उनको उपचारका क्रममा शुक्रबार साँझ ५ बजे कीर्तिपुरस्थित बर्न अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

शव पोस्टमार्टमका लागि काठमाडौंस्थित शिक्षण अस्पताल पठाइएको छ । आत्मदाह प्रयास गर्नुको कारण खुलेको छैन । यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.