हिमालको ओभानो आँखा

Share this
665shares
मुलुकी खबर
लुइस विष्ट
clock२०८३ मंसिर ५, शनिबार ११:२१

मौन छ हिमाल,
मौन छ पहाड अनि
आकाश मौन छ ।

आकाश र हिमालबीच
कानेखुसी नभए तापनि
आकाश उज्यालो छ,
छ्याङ्ग उघ्रिएको ।

आकाशले टाढैबाट
हिमाललाई नियालिरहन्छ,
हिमालले आकाशलाई
शिरमा राखेको छ ।

शिरमा आकाश छ भन्ने
उसलाई अटुट विश्वास छ ।
ऊ पग्लिए तापनि
उसको आँखा ओभानो छ,
किनकि हिमाल रुनु भनेको
ऊ आफैँ भत्किनु हो ।

पहाडमा पहिरो चल्नु भनेको
वातावरण बिथोलिनु हो ।
यसैले हिमाल मौन छ,
आफ्नै विवशतामा विस्मित ।

हिमालको सबैभन्दा नजिक
आकाश छ यसरी नै,
आकाशको नजिक हिमाल छ ।

युगौँदेखिको आकाश र
हिमालबीचको आकर्षणको कथा
कुनै दिन क्षितिजलाई नै सोध्नुपर्ला ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.