कोशी प्रदेशको विजयी सुरुआत, लुम्बिनी ४–१ ले पराजित

Share this
692shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर ११, शुक्रबार १४:५७

सुर्खेत । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलमा कोशी प्रदेशले विजयी सुरुआत गरेको छ । कोशीले लुम्बिनी प्रदेशलाई ४–१ गोलअन्तरले पराजित गरेको हो ।

सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रङ्गशालामा शुक्रबार भएको खेलमा कोशीका लागि मिलन राईले १२औँ र ३२औँ मिनेटमा गोल गरे । अमित सन सतारले १४औँ मिनेटमा तथा सौरभ लिम्बूले ६४औँ मिनेटमा गोल थपे ।

लुम्बिनीका फागुराम चौधरीले ५९औँ मिनेटमा एक गोल फर्काए । खेलको ५८औँ मिनेटमा कोशीका प्रकाश भुजेलले रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भएको थियो ।

पहिलो खेलमा बागमती प्रदेशसँग बराबरी खेल्दै एक अङ्क जोडेको कोशीले लुम्बिनीलाई हराएपछि चार अङ्क पुर्‍याएको छ । त्रिभुवन आर्मी क्लबसँग पहिलो खेलमा पराजित भएको लुम्बिनी कोशीसँग पनि हारेपछि अङ्कविहीन छ ।

आजै बागमती प्रदेश र त्रिभुवन आर्मी क्लबबीच अर्को खेल हुँदैछ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.