वार्मअपमा नेपालको आत्मविश्वासपूर्ण सुरुवात, यूएई ७ विकेटले पराजित

Share this
730shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ २१, बुधबार ०६:१४

काठमाडौं । आईसीसी टी–२० विश्वकपको वार्मअप खेलमा नेपालले यूएईलाई ७ विकेटले पराजित गर्दै आत्मविश्वासपूर्ण सुरुवात गरेको छ ।

भारतको एमए चिदाबरम स्टेडियममा मंगलबार राति सम्पन्न खेलमा यूएईले दिएको १४६ रनको लक्ष्य नेपालले १७ ओभरमै ३ विकेट गुमाएर पूरा गर्‍यो । नेपालको जितमा आरिफ शेख र दीपेन्द्रसिंह ऐरीको अविजित साझेदारी निर्णायक बन्यो ।

आरिफले ६१ रन बनाए भने दीपेन्द्रले ५० रन जोड्दै टोलीलाई सहज जित दिलाए । यसअघि टस हारेर ब्याटिङ गरेको यूएईले २० ओभरमा ६ विकेट गुमाउँदै १४५ रन बनाएको थियो ।

यूएईका लागि शोएब खानले सर्वाधिक ३८ रनको योगदान दिए । बलिङतर्फ नेपालका सन्दीप लामिछाने र करण केसीले समान २–२ विकेट लिए भने दीपेन्द्र ऐरीले १ विकेट झारे ।

नेपालले विश्वकप तयारीअन्तर्गत अर्को वार्मअप खेल बिहीबार क्यानडासँग खेल्नेछ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×