प्रतिकूल बकपत्र गर्ने सरकारी साक्षीविरुद्ध अख्तियारको मुद्दा

Share this
725shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ २२, बिहीबार १६:४१

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अदालतमा प्रतिकूल बकपत्र गरेको भन्दै आफ्नै दुई सरकारी साक्षीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। भक्तपुरको चाँगुनारायण नगरपालिका–४ बस्ने तेज बहादुर तामाङ र सानुकान्छा तामाङविरुद्ध बिहीबार आरोपपत्र दायर गरिएको हो।

भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरका तत्कालीन प्रमुख मालपोत अधिकृत कुमार आचार्य र कार्यालय सहयोगी टिकाराम राउतले मोही जग्गा दर्ताका लागि २४ लाख ५० हजार रुपैयाँ घुस लिएको प्रकरणमा उनीहरूलाई साक्षी बनाइएको थियो। अनुसन्धानका क्रममा घुस दिएको स्वीकार गरेपछि आयोगले उनीहरूलाई सजायमा पूर्ण छुट दिई सरकारी साक्षीका रूपमा पेस गरेको थियो।

तर, २०८२ भदौ २३ गते विशेष अदालतमा बयान दिने क्रममा उनीहरूले अनुसन्धानका बेला दिएको बयानको ठिक विपरीत बकपत्र गरेपछि आयोगले उनीहरूविरुद्ध नै कानुनी कारबाही अघि बढाएको हो। आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार अदालतमा बयान फेरेर भ्रष्टाचारजन्य कार्यमा सहयोग पुर्‍याएको भन्दै दुवै जनालाई प्रतिवादी कायम गरिएको छ। उनीहरूविरुद्ध २४ लाख ५० हजार रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद र जरिवानाको माग दाबी गरिएको छ।

तपाइको प्रतिक्रिया
लुम्बिनी क्वालिफायरमा, लिग चरणबाटै बाहिरियो विराटनगर
छठ : सुरक्षा व्यवस्थामा उच्च सतर्कता अपनाउन प्रहरी महानिरीक्षकको निर्देशन
शिवसताक्षीमा कारको ठक्करले मोटरसाइकल चालकको मृत्यु
 
कांग्रेस नेता उमेश श्रेष्ठका भाइ महेश पक्राउ
फिल्मको दृश्यमा पक्राउ, फेसबुकमा हर्कको प्रश्न !
एन्फाको अर्ली इलेक्सन गर्ने निर्णय बदर, नियमित निर्वाचन प्रक्रिया अघि बढाउने
‘मधेशमा परिवर्तनको अनुभूति नभए अर्को पटक भोट माग्न आउँदिनँ’
एनपीएलमा लुम्बिनीले टस जित्यो, विराटनगरलाई ब्याटिङको निम्तो
सलमानको ‘मातृभूमि’ : चर्चामा नेपाली अभिनेता अनुपविक्रम शाही
मधेशमा नयाँ सरकार गठन प्रक्रिया सुरु, दाबी पेस गर्न आह्वान
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.