
विराटनगर । विराटनगरको एभरेस्ट सेकेन्डरी स्कुलमा जारी अन्तर हाउस फुटबल प्रतियोगिताको सेमिफाइनल चरणका खेलहरू सम्पन्न भएको छ ।
प्रतियोगिताअन्तर्गत बुधबार भएको कक्षा ६ र ७ को समूहको पहिलो खेलमा कोशीले कर्णालीलाई २–१ गोल अन्तरमा हराउँदै फाइनलमा पुगेको हो । कोशीका लागि कक्षा ७ का सुमन पुरी र अनमोलराज लिम्बूले गोल गर्दै टोलीलाई विजयी बनाए भने कर्णालीका लागि सान्त्वना गोल कक्षा ७ का रोजन आचार्यले गरे ।
अर्को खेलमा मेचीले गण्डकी हाउसलाई टाइब्रेकरमा ३–१ गोल फरकमा पराजित गर्दै फाइनलमा पुगेको छ । खेलको निर्धारित समयमा गोलरहित बराबरी खेलेपछि खेलको निर्णय टाइब्रेकरबाट भएको हो ।
त्यस्तै, कक्षा ८ र ९ को समूहको पहिलो खेलमा मेचीले कोशी हाउसलाई २–० गोल अन्तरमा हराउँदै फाइनलमा पुगेको छ । मेचीका लागि कक्षा ९ का अनुष पुरी र कक्षा ८ का निगम घिमिरेले गोल गोल गरेका थिए ।
अर्को खेलमा गण्डकीले कर्णाली हाउसलाई २–० गोलमा हराउँदै फाइनलमा पुगेको छ । गण्डकीका लागि कक्षा ८ का सामर्थ्य पाठक र आयुष चौधरीले गोल गरे ।



















