झापा गोल्डकपमा आज फाइनल प्रवेशका लागि झापा ११ र एपीएफ खेल्दै

Share this
732shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फाल्गुन १, शुक्रबार ०८:०६
झापा गोल्डकपमा आज फाइनल प्रवेशका लागि झापा ११ र एपीएफ खेल्दै

झापा । बिर्तामोडमा जारी सातौँ झापा गोल्डकपमा आज आयोजकको टिम झापा ११ फुटबल क्लबले पहिलो सेमिफाइनल खेल विभागीय टोली एपीएफ फुटबल क्लबविरुद्ध खेल्दै छ ।

बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा बिर्तामोडकै क्लब झापा ११ ले जारी राष्ट्रिय लिगमा तेस्रो स्थानमा रहेको ‘ए’ डिभिजन क्लब एपीएफसँग फाइनल प्रवेशका लागि खेल्दै छ । आजको खेल जित्नेले कम्तिमा ७ लाख ५० हजार रुपैयाँ सुरक्षित गर्ने छ ।

एपीएफका अनुभवी प्रशिक्षक राजेन्द्र तामाङको प्रशिक्षण तथा हरि कार्कीको कप्तानीमा प्रदीप लामा, युवराज खड्का, बुद्धिमान राई, मणिकुमार लामासहित झापा ११ विरुद्ध उत्रिदै छ । कप्तान कार्की जारी प्रतियोगितामा ह्याट्रिक गर्ने एक्ला खेलाडी हुन् ।

झापा ११ लाई स्थानीय समर्थकको दह्रिलो साथ रहने छ । अधिकांश खेलाडी झापाकै भएका कारण पनि उनीहरू उच्च मनोबलका साथ एपीएफविरुद्ध मैदानमा हुनेछन् । प्रशान्त लक्समको कप्तानीमा रहेको झापासँग राष्ट्रिय टोलीका सदस्य रोहण कार्कीसहित समिर तामाङ, एरोन थापा, रोमन भुजेल, राजेश दाहाल र २ विदेशी खेलाडी रहने छन् ।

झापा ११ ले प्रिक्वाटरफाइनलमा नेपाल पुलिस क्लबलाई २–० ले र क्वाटरफाइनलमा भारत सिक्किमको सिंग्लिङ स्पोर्टिङ क्लबलाई टाइब्रेकरमा ४–३ गोल अन्तरले हराउँदै अन्तिम ४ मा स्थान बनाएको थियो ।

त्यस्तै, एपीएफले सिधै क्वाटरफाइनल खेल्दै भुटानको रोयल थिम्पु कलेजमाथि शानदार जित दर्ता गरेको थियो । भुटानलाई ४–१ गोल अन्तरले हराउँदै एपीएफ सेमिफाइनलमा प्रवेश गरेको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×