
सुनसरी । चर्च ब्वाइज क्लबलाई पराजित गर्दै प्लानिङ ब्वाइज क्लब काठमाडौंले अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
धरान रंगशालमा शनिबार सम्पन्न फाइनल खेलमा उपाधि लागि प्लानिङ ब्याइजका प्रतापसिंह राईले खेलको दोश्रो हाफको १८ औं मिनेटमा गरेको एकमात्र गोल निर्णायक बन्याे ।
जितसँगै प्लानिङ ब्वाइजले १० लाख नगद प्राप्त गरेकाे छ ।
प्रतिस्पर्धापूर्ण खेलमा उपविजेता बनेकाे चर्च ब्वाइज २५ औँ संस्करणको पनि उपविजेता टोली हाे ।



















