
काठमाडौं । वेस्ट इन्डिजसँग नौ विकेटले पराजित भएपछि नेपाल आईसीसी टी–२० विश्वकप २०२६ मा समूह चरणबाटै बाहिरिएको छ ।
आइतबार भारतको मुम्बईस्थित वान्खेडे क्रिकेट रंगशालामा नेपालले प्रस्तुत गरेको १३४ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले नेपालविरुद्ध १५.२ ओभरमा एक विकेट गुमाएर पूरा गर्यो । याे नेपालकाे लगातार तेस्रो हार हाे । हारका कारण नेपाल प्रतियोगिताबाट बाहिरिएको हाे ।



















