‘सामाजिक न्यायको सिद्धान्तका आधारमा समावेशी बनाउन अझै मेहनत आवश्यक’

Share this
757shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन ८, शुक्रबार १५:२०

काठमाडौं । राष्ट्रिय समावेशी आयोगका कार्यवाहक अध्यक्ष हरिदत्त जोशीले सामाजिक न्यायको सिद्धान्तका आधारमा सबै वर्ग र समुदायलाई राज्य संरचनामा सहभागी गराउन अझै धेरै मेहनत गर्नुपर्ने बताएका छन्। राष्ट्रिय समावेशी आयोग दिवसको अवसरमा शुक्रबार ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन्।

उनले सामाजिक न्याय र समावेशीतालाई अधिकार सुनिश्चितताको मुख्य आधारका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिए। अध्यक्ष जोशीले सामाजिक न्यायका सवालमा समाजमा अझै पनि असमानता, विभेद र असमावेशीताका समस्याहरू कायमै रहेको उल्लेख गरे।

पछाडि परेका क्षेत्र, वर्ग र लिङ्गका व्यक्तिहरूको हक र अधिकार सुनिश्चित गर्न विभिन्न संवैधानिक आयोगहरू गठन गरिए पनि ती आयोगहरूले सोचेजस्तो प्रभावकारी भूमिका खेल्न नसकेको उनले स्वीकार गरे। उनले भने, ‘समावेशी नभई अधिकार प्राप्ति हुँदैन भन्ने मान्यताका साथ सामाजिक न्यायको सिद्धान्तमा बनेका आयोगहरूले यो दिवस मनाउनु उपयुक्त हुन्छ। अहिले अन्तर्राष्ट्रिय स्तरमै समावेशी सशक्तीकरणका विषयहरू उठिरहेका छन्। सामाजिक न्यायमा सबै पक्षको पहुँच हुन आवश्यक छ। मुलुकलाई पूर्ण रूपमा समावेशी बनाउन अझै निकै कसरत गर्नुपर्ने अवस्था छ।’

उनले अन्तर्राष्ट्रिय स्तरमा भइरहेका बहसहरूलाई आत्मसात् गर्दै सामाजिक न्यायमा सबै पक्षको समान पहुँच सुनिश्चित गर्नुपर्ने आवश्यकता औँल्याए।

तपाइको प्रतिक्रिया
लुम्बिनी क्वालिफायरमा, लिग चरणबाटै बाहिरियो विराटनगर
छठ : सुरक्षा व्यवस्थामा उच्च सतर्कता अपनाउन प्रहरी महानिरीक्षकको निर्देशन
शिवसताक्षीमा कारको ठक्करले मोटरसाइकल चालकको मृत्यु
 
कांग्रेस नेता उमेश श्रेष्ठका भाइ महेश पक्राउ
फिल्मको दृश्यमा पक्राउ, फेसबुकमा हर्कको प्रश्न !
एन्फाको अर्ली इलेक्सन गर्ने निर्णय बदर, नियमित निर्वाचन प्रक्रिया अघि बढाउने
‘मधेशमा परिवर्तनको अनुभूति नभए अर्को पटक भोट माग्न आउँदिनँ’
एनपीएलमा लुम्बिनीले टस जित्यो, विराटनगरलाई ब्याटिङको निम्तो
सलमानको ‘मातृभूमि’ : चर्चामा नेपाली अभिनेता अनुपविक्रम शाही
मधेशमा नयाँ सरकार गठन प्रक्रिया सुरु, दाबी पेस गर्न आह्वान
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.