निर्वाचनका दिन पर्यटक होटलमै रहनुपर्ने आयोगको नियम, पर्यटन व्यवसायी चिन्तित

Share this
743shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन १०, आइतबार १७:३९

काठमाडौं । पर्यटकीय सिजनको मुख्य महिना फागुनमा प्रतिनिधिसभा निर्वाचन हुने भएपछि निर्वाचन आयोगले पर्यटकका लागि कडा नियम ल्याएको छ। आयोगले फागुन २१ गते निर्वाचनका दिन विदेशी पर्यटकलाई होटल बाहिर निस्कन र घुमफिर गर्न रोक लगाएको हो।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै निर्वाचनको दिन पर्यटकहरू होटलमै बस्नुपर्ने निर्णय गरिएको छ। उक्त दिन पर्यटकहरू केवल विमानस्थलबाट होटलसम्म जान वा होटलबाट विमानस्थलसम्म जान मात्र पाउनेछन्। यसका लागि आयोगले अनलाइन माध्यम वा जिल्ला प्रशासन कार्यालयमार्फत ‘विशेष पास’ उपलब्ध गराउने व्यवस्था गरेको छ।

अहिलेको ‘असामान्य परिस्थिति’ मा हुन लागेको निर्वाचन भएकाले पर्यटकको सुरक्षालाई मध्यनजर गर्दै यस्तो कडाइ गरिएको आयोगको तर्क छ। तर, आयोगको यो निर्णयले पूर्वतयारी र तालिका सहित आएका पर्यटकहरू मारमा पर्ने भन्दै पर्यटन व्यवसायीहरूले असन्तुष्टि जनाएका छन्।

विशेष गरी पदयात्रामा गइसकेका पर्यटकहरूको हकमा के गर्ने भन्नेमा आयोगको नियम स्पष्ट नभएको होटल संघ नेपाल (हान) का अध्यक्ष विनायक शाहले बताए। ‘पर्यटन भनेको काठमाडौँ मात्र होइन, अहिले ट्रेकिङ सिजन भएकाले धेरै पर्यटक गन्तव्यमा छन्। उनीहरूलाई त्यहीँ रोक्ने कि काठमाडौँ ल्याउने भन्नेमा आयोग क्लियर भएन,’ अध्यक्ष शाहले भने।

फागुनको तेस्रो र चौथो साता मात्रै करिब ४५ हजार पर्यटक नेपाल आउने अनुमान गरिएको छ। विगतमा पर्यटन बोर्डसँगको समन्वयमा पास जारी गरेर पर्यटकलाई घुमफिरमा सहज बनाइने अभ्यास भए पनि यसपालि आयोगले सुरक्षा ‘रिस्क’ देखाउँदै त्यो अभ्यासलाई रोकेको छ। व्यवसायीहरूले यो प्रावधान ‘पर्यटनमैत्री’ नभएको गुनासो गरेका छन्।

तपाइको प्रतिक्रिया
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.