
काठमाडौं। नेपाली बजारमा आज मंगलबार पनि सुनको मूल्यमा वृद्धि भएको छ। सोमबार प्रतितोला ३ लाख १३ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा १ हजार ३ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १४ हजार ८ सय रुपैयाँ पुगेको हो।
यसैगरी प्रति १० ग्राम छापावाल सुनको मूल्य २ लाख ६९ हजार ८ सय ९० रुपैयाँ तोकिएको छ। सुनको मूल्य बढे पनि चाँदीको मूल्यमा भने आज सामान्य गिरावट देखिएको छ। चाँदी आज तोलामा १० रुपैयाँले घटेर प्रतितोला ५ हजार ५ सय ८५ रुपैयाँ कायम भएको छ।
आज १० ग्राम चाँदीको मूल्य ४ हजार ७ सय ८८ रुपैयाँ तोकिएको छ। पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावका कारण नेपाली बजारमा पनि सुनको मूल्यले नयाँ उचाइ लिइरहेको छ।

























