निर्वाचनको मुखमा महँगी र अभाव: क्रान्तिकारी कम्युनिस्ट पार्टीको आपत्ति

Share this
728shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन १२, मंगलबार १२:३१

काठमाडौं  । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले संसदीय निर्वाचनको प्रचारप्रसारका क्रममा जनतालाई झुटा आश्वासन बाँडिएको भन्दै कडा आपत्ति जनाएको छ। पार्टीका प्रवक्ता सुदर्शनले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै संसद्वादी दलहरू चुनावको नाममा घरदैलोमा रमाइरहेका बेला जनता भने महँगी र कृत्रिम अभावको चपेटामा परेको बताएका हुन्।

निर्वाचनको तडकभडक चलिरहँदा पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुनु र बजारमा खाना पकाउने ग्यासको अभाव देखिनुलाई पार्टीले गम्भीर षड्यन्त्रको रूपमा लिएको छ। विज्ञप्तिमा भनिएको छ, ‘एकातिर राजनीतिक दलहरू सपना बाँडिरहेका छन्, अर्कोतिर दैनिक उपभोग्य वस्तुमा कृत्रिम अभाव सिर्जना गरी जनताको ढाड सेक्ने काम भइरहेको छ।’ पार्टीले ग्यास तथा अन्य अत्यावश्यक वस्तुमा कालोबजारी गर्ने तत्वहरूको तत्काल पहिचान गरी कडा कारबाही गर्न सरकारसँग माग गरेको छ।

विशेष गरी पछिल्लो समय नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा वृद्धि गरेपछि त्यसको प्रत्यक्ष असर सर्वसाधारणको भान्सासम्म पुगेको छ। प्रवक्ता सुदर्शनले पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिन र बजार अनुगमनलाई तीव्रता दिन दबाब दिएका छन्। चुनावको मौका छोपी व्यवसायी र राजनीतिक दलहरूको मिलेमतोमा जनतालाई सास्ती दिइएको भन्दै पार्टीले यसप्रति कडा निगरानी राख्ने जनाएको छ।

जनताका आधारभूत आवश्यकतामाथि खेलबाड गरिए आफूहरू चुप लागेर नबस्ने र महँगीविरुद्ध सडक संघर्षका कार्यक्रम अघि बढाउने चेतावनी क्रान्तिकारी कम्युनिस्ट पार्टीले दिएको छ। बजारमा व्याप्त बेथिति र कालोबजारी नियन्त्रण नगरे वर्तमान राज्यसत्ताकै विरुद्ध जनआक्रोश बढ्ने चेतावनी दिँदै पार्टीले तत्काल जनपक्षीय कदम चाल्न सरकारको ध्यानाकर्षण गराएको छ।

तपाइको प्रतिक्रिया
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.